एजेन्सी । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ लाख नाघेको छ । शुक्रबार साँझसम्मको तथ्याँकअनुसार विश्वभर भाइरस संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ लाख १ हजार ५ सय २६ पुगेको छ । त्यस्तै संक्रमित हुनेहरुको संख्या १६ लाख ७५ हजार ७ सय ६७ पुगेको छ । शुक्रबार सबैभन्दा बढी अमेरिकामा १ हजार ३ सय १८ जनाको ज्यान गएको छ भने योे सहित त्यहाँ मृत्यु हुनेको संख्या १८ हजार ९ पुगेको छ । त्यहाँ संक्रमित हुनेहरुको संख्या ४ लाख ८८ हजार ९ सय ८० पुगेको छ । त्यस्तै शुक्रबार फ्रान्समा ९ सय ८७ जनाको मृत्यु भएको छ भने बेलायतमा ९ सय ८० जनाको मृत्यु भएको छ ।
फ्रान्समा योसहित मृत्यु हुनेको संख्या १३ हजार १ सय ९७ पुगेको छ भने बेलायतमा ८ हजार ९ सय ५८ पुगेको छ । फ्रान्समा कूल संक्रमितको संख्या १ लाख २४ हजार ८ सय ६९ जना पुगेको छ भने बेलायतमा ७३ हजार ७ सय ५८ जना पुगेको छ । त्यस्तै इटालीमा एकैदिन ५ सय ७० जनाको मृत्यु भएको छ । योसहित त्यहाँ मर्नेको संख्या १८ हजार ८ सय ४९ पुगेको छ । त्यहाँ कूल संक्रमित संख्या १ लाख ४७ हजार ५ सय ७७ रहेको छ । शुक्रबार अमेरिका र इटालीमा मृत्यु हुनेहरुको कूल संख्या बराबरीको हाराहारीमा पुगेको छ । अमेरिकामा संक्रमितहरुको तिब्रता बढिरहेकोले केही घण्टामै इटालीको रेकर्ड ब्रेक गर्ने सम्भावना देखिएको छ । संक्रमित हुनेहरुको कूल संख्यामा भने अमेरिका केही हप्ता यता सबैभन्दा अघि नै रहेको छ ।
त्यस्तै, स्पेनमा चौबिस घण्टामा ५ सय २३ जनाको मृत्यु भएको छ भने योसहित त्यहाँ मृत्यु हुनेको संख्या १५ हजार ९ सय ७० पुगेको छ । त्यहाँ अहिलेसम्म संक्रमितको संख्या १ लाख ५७ हजार ५३ पुगेको छ । यता, युरोपकै अर्को मुलुक बेल्जियममा पनि मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । बेल्जियममा २४ घण्टामा ४ सय ९६ जनाको मृत्यु भएको छ भने योसहित त्यहाँ मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको छ । संक्रमितहरुको संख्या त्यहाँ २६ हजार ६ सय ६७ रहेको तथ्याँक संकलक साइट वल्ड्रो मिटरले जानकारी दिएको छ । अहिलेसम्म विश्वका २ सय १० देशमा संक्रमण फैलिइसकेको छ ।
सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते