तनहुँ । तनहुँको एक स्थानीय तहले वितरण गरेको राहतको चामल सडेको भेटिएको छ । तनहुँको बन्दिपुर गाउँपालिकाले बाडेको राहतको चामल सडेको भेटिएको हो ।
बन्दिपुर गाउँपालिकाले वडा नं. ५ मार्फत कल्चोक क्षेत्रका ८ ज्यालादारी विपन्न परिवारलाई वितरण गरेको चामल सडेको भेटिएको हो ।
चामलमा ढुसी आएर रंग समेत कालो भएको र अमिलो गन्ध समेत आईसकेको राहत लिएका रेशम विकले बताए ।
चामललाई ३-४ पटक धुँदा पनि कालो नगएको र एक दुई छाक पकाएर खाँदा स्वादै अर्कै आएकाले कुखुरा र सुँगरलाई कुँडो बनाएर खुवाउन थालिएको विकले बताए ।
विक्रेताबाट लिइएको चामल गोदामको तल चिसो भागमा परेको हुँदा समस्या देखिएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए । ‘गोदामको भुईमा रहेको ४ बोरा चामल सडेको रैछ ।’ अध्यक्ष थापाले भने ‘पसलमा गएर नयाँ चामल दिदैछौ ।’
वितरण गर्दा बोरा नखोली वितरण भएको हुँदा ४ बोरा चामल सडेको परेको बन्दिपुर गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष ध्रुवप्रसाद लामिछानेले बताए ।
‘१५-१५ किलोको दरले ८ परिवार लाई दिइएको राहत चामल सडेको परेछ ।’ वडाअध्यक्ष लामिछानेले भने ‘बोरा नखोलि दिएका थियौ त्यही भएर वितरणको बेला थाहा भएन ।’ उनले थपे ‘अरुमा केही समस्या छैन ।’
साथै उक्त चामल फिर्ता गरी आजै अर्को राम्रो चामल वितरण गरिने वडाअध्यक्ष लामिछानेले बताए ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ