काठमाडौं । भारतमा कोभिड १९ बाट संक्रमितको संख्या मंगलबारसम्म ४ हजार सात सय ८९ पुगेको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार मृतकको संख्या १२४ पुगेको छ र उपचारपछि तीन सय ५२ जना निको भएका छन् ।
भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार पछिल्लो एक हप्तामा भारतमा संक्रमितको संख्या दोब्बर बढेको छ । भारतमा अप्रिल २ तारेखसम्म संक्रमितको संख्या २५ सय ८० रहेको थियो ।
मंगलबार महाराष्ट्रमा मात्र एक सय ५० जना संक्रमित भेटिएका छन् । यो एउटै राज्यमा एक दिनमा संक्रमित हुनेको सबैभन्दा बढी हो । यहाँ संक्रमितको संख्या करिब एक हजार पुगेको छ ।
भारतमा कोभिड १९ का कारण मंगलबार १४ महिनाको शिशुको पनि मृत्यु भएको छ । गुजरातको जमनगरमा राज्य सरकारले सञ्चालन गरेको अस्पतालमा मृत्यु भएका यी बालक भारतमा कोभिड १९ का कारण मृत्यु हुने कम उमेरका व्यक्ति हुन् ।
दिल्लीमा ५ सय ७६ जनामा संक्रमण भेटिएको छ भने मृतक संख्या नौ जना पुगेको छ । दिल्लीमा मंगलबार दुई जनाको मत्यु भएको छ । दिल्लीमा ३५ जना गम्भीर अवस्थाका बिरामी छन्, जसलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था छ ।
तेलंगानामा मंगलबार २३ दिनको शिशुसहित ४० जना नयाँ सक्रमित भेटिएका छन् । यहाँ संक्रमितको संख्या चार सय चार पुगेको छ । गुजरातमा मंगलबार तीन जनाको मृत्यु भई मृतक संख्या १६ पुगेको छ ।
महाराष्ट्रमा मंगलबार १२ जनाको मृत्यु भएको छ, यहाँ मृतक संख्या ६४ पुगेको छ । मृत्यु हुने १२ जनामध्ये ६ जना मुम्बईका रहेका छन् र ३ जना पुगेका छन ।
तालिमनाडुमा ६९, मध्ये प्रदेशमा ६३, दिल्लीमा ५१, राजस्थानमा ४२, तेलंगानामा ४० र हरियाणामा ३३ नयाँ संक्रमित भेटिएका छन् ।
भारतको उत्तर प्रदेशमा अहिलेसम्म तीन सय पाँच जना संक्रमित भेटिएका छन् भने तीन जनाको मृत्यु भएको छ । विहारमा ३२ जना संक्रमित छन् भने एक जनाको मृत्यु भएको छ ।
सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते