भारत । भारतमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमितको संख्या ४ हजार ७ सय ७८ जना पुगेको छ ।
त्यहाँको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार देशभरमा गरी अहिलेसम्म १ सय ३६ जनाको मृत्यु भएको छ भने ३ सय ८२ जना निको भएका छन् ।
बितेको २४ घण्टामा भारतमा सात सय चार जनामा कोभिड १९ को सक्रमण देखिएको छ भने २८ जनाको मृत्यु भएको छ ।
इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार ६ अप्रिलमा देशभर एक लाख एक हजार ६८ जनामा कोभिड १९ संक्रमणको परीक्षण गरिएको थियो ।
महाराष्ट्रमा सोमबार एक सय २० नयाँ संक्रमण भेटिएको छ भने सात जनाको मृत्यु भएको छ । त्यहाँ मृत्यु हुनेको कुल संख्या ५२ पुगेको छ भने संक्रमितको संख्या आठ सय ६८ पुगेको छ । त्यस्तै राजधानी दिल्लीमा संक्रमितको संख्या पाँच सय २५ र मृतक संख्या सात पुगेको छ ।
मध्य प्रदेशमा सोमबार ६३ वटा नयाँ संक्रमण भेटिएको छ । त्यहाँको भोपाल जिल्लामा मात्र ४३ जना संक्रमित भएका छन् । मध्य प्रदेशमा अहिलेसम्म संक्रमितको संख्या दुई सय ५६ पुगेको छ ।
सोमबार तेलंगाना राज्यमा ३० जनामा नयाँ संक्रमण भेटिएको छ । यहाँ संक्रमितको संख्या तीन सय आठ र मृतक संख्या ११ पुगेको छ ।
आन्ध्र प्रदेशमा सोमबार ३७ नयाँ संक्रमित थपिएपछि यहाँ कुल संक्रमितको संख्या तीन सय तीन पुगेको छ । केरलामा सोमबार १३ संक्रमित थपिएपछि संक्रमितको कुल संख्या तीन सय २७ पुगेको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते