एजेन्सी । भारतमा मुम्बई शहर कोरोनाभाइरस (कोभिड १९) महामारीको केन्द्रविन्दु बनेको छ । मुम्बईमा मात्र ४ सय ३३ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् ।
आइतबार मुम्बईमा संक्रमणका १०३ नयाँ मामिला देखिएको छ भने शहरमा ३० जनाले ज्यान गुमाइसकेका छन् ।
द हिन्दुस्तान टाइम्सका अनुसार देशमा कूल संक्रमितको संख्या ३ हजार ४९३ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको संख्या ८३ पुगेको बताएको छ । यसमध्ये २७४ जना निको भएर घर फर्किसेका छन् । देशमा कोरोनासंक्रमित मध्ये २१ देखि ४० वर्ष उमेर समूहका सर्वाधिक ४२ प्रतिशत रहेका छन् ।
यता, मध्यप्रदेशको राजधानी भोपालमा आइतबार २३ जना नयाँ संक्रमित फेला परेका छन् जसमध्ये ३ जना डाक्टर सामेल छन् ।
भारतमा महाराष्ट्रमा सर्वाधिक ७९३ जना संक्रमित रहेका छन् भने ४५ जनाले ज्यान गुमाएका छन् । महाराष्ट्रपछि मध्यप्रदेश र तेलंगानामा १२–१२ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या भने तमिलनाडु ५७१ जनासहित दोस्रो स्थानमा छ भने राजधानी दिल्लीमा ५०३ जना संक्रमित फेला परेका छन् भने ७ जनाले ज्यान गुमाएका छन् ।
देशमा कोभिड १९ को महामारी बढ्न थालेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई पूर्वराष्ट्रपति प्रणव मुखर्जी र प्रतिभा पाटिल तथा दुई पूर्वप्रधानमन्त्री मनमोहन सिंह र एचडी देवेगौडासँग फोन संवाद गरेका छन् । त्यस्तै, सोनिया गान्धी, मुलायम सिंह यादव, अखिलेश यादव, ममता बनर्जी, नवीन पटनायक, के चन्द्र शेखर राव लगायत नेताहरुसँग पनि मोदीले छलफल गरेको दैनिक भास्करले जनाएको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते