सस्तोडिलद्वारा अत्यावश्यक वस्तु घरमै डेलिभरी: कर्मचारी पिपिइ सहित काममा

सस्तोडिलद्वारा अत्यावश्यक वस्तु घरमै डेलिभरी: कर्मचारी पिपिइ सहित काममा

received_3825974904141020

काठमाडौ । नेपालको लोकप्रिय इ कमर्स कम्पनी सस्तोडिल डट कमले लकडाउनको प्रतिकुल अवस्थामा अत्यावश्यक बस्तुको घरैमा डेलिभरी सेवा सुरु गरेको छ।

उपभोक्ताले सस्तोडिल डट कमको वेबसाईटमा गएर आफुलाइ आवस्यक सामग्री अर्डर गरेपछी कम्पनिले काठमाडौ उपत्यका भित्र घरैमा डेलिभरी गर्ने कम्पनिका संस्थापक अमुन थापाले बताए। त्यसका लागि न्युनतम एक हजार रुपैयाँको खरिद गर्नु पर्ने हुन्छ।

अनलाइन अर्डर गर्ने उपभोक्ताले अनलाइन बाटै पैसा तिर्न सक्छ्न । पैसा बाट समेत कोभिड १९ सर्न सक्ने भएकोले नगद भन्दा अनलाइनबाट गरिने भुक्तानीलाई प्रोत्साहन गरि क्युआर कोड स्क्यानबाट भुक्तानी गर्न सकिने थापाको भनाइ छ।

सेल पे बाट भुक्तानी गर्नेले सामान डेलिभरीको समयमा दस थान मास्क निशुल्क प्राप्त गर्नेछन्। कोरोना राहत कोषमा एन एम बि बैंकको कार्ड मार्फत भुक्तानी गर्दा पन्ध्र प्रतिशत र आइ एम इ पे मार्फत भुक्तानी गर्दा दुई सय पचास रुपैयाँ सहयोग गरिने थापाले जानकारी दिए।

अनलाइन भुक्तानी गर्न असमर्थ ग्राहकको लागि डेलिभरीको बेला नगद तिर्ने सुबिधा समेत रहेको छ।

नेपाल सरकारले विद्युतको महशुलमा छुट दिए सँगै र बजारमा ग्यासको सर्वसुलभता नभएको सन्दर्भमा इन्डक्सन चुलो र राइसकुकरको माग बढेको थापा बताउँछन्।

सस्तोडिलका काममा खटिने कर्मचारीले पिपिइ प्रयोग गरि काम गर्छ्न। स्वास्थ्य साबधानी अपनाउनु पर्ने समय भएकोले कर्मचारीको साथै उपभोक्ताको स्वास्थ्यको मध्यनजर गर्दै काम गरेको बताइएको छ।

सस्तोडिल डट कम द्वारा ट्राफिक प्रहरीलाई सहयोग

जोखिम समयमा जनताको सेवामा खटिएका ट्राफिक प्रहरीलाई सस्तोडिल डट कमले मास्क र सेनिटाइजर सहयोग गरेको छ।

एन ९५ मास्क २०० थान, सर्जिकल मास्क ५०० थान र १०० थान सेनिटाइजर ट्राफिक प्रहरी प्रमुख एस एस पि भिम प्रसाद ढकाललाई हस्तान्तरण गरिएको हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds