एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुनेको संख्या १२ लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार, संक्रमितको संख्या १२ लाख दुई हजार नाघेको हो ।
चीनको वुहानबाट निस्किएको यो भाइरसको कारण अमेरिका सबैभन्दा प्रभावित बनेको छ । अहिलेसम्म अमेरिकामा तीन लाख ११ हजार मानिसमा यो भाइरसको संक्रमण देखिएको छ ।
त्यस्तै, स्पेनमा एक लाख २६ हजार, इटालीमा एक लाख २४ हजार, जर्मनीमा ९६ हजार र फ्रान्समा ९० हजारभन्दा बढीमा यो भाइरसको संक्रमण देखिएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको यो भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या पनि ६४ हजार सात सय ५३ पुगेको छ । इटालीमा अहिलेसम्म भाइरसको कारण १५ हजार तीन सय ६२ जनाको ज्यान गएको छ ।
त्यस्तै, स्पेनमा ११ हजार नौ सय ४७, अमेरिकामा आठ हजार आठ सय ८८, फ्रान्समा सात हजार पाँच सय ७४ र बेलायतमा चार हजार तीन सय २० जनाको ज्यान गएको छ ।
अहिलेसम्म यो भाइरसबाट संक्रमित दुई लाख ४६ हजारभन्दा धेरै मानिसहरु निको भएर घर फर्किसकेका छन् । जसमध्ये सबैभन्दा धेरै चीनमा ७६ हजार नौ सय ४६ जना संक्रमित निको भएका छन् ।
त्यस्तै, स्पेनमा ३४ हजार दुई सय १९, फ्रान्समा २६ हजार चार सय र इटालीमा २० हजार नौ सय ९६ जना मानिस निको भएका छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते