निको भए २ लाख कोराना संक्रमित, सुरक्षित फर्किए घर

निको भए २ लाख कोराना संक्रमित, सुरक्षित फर्किए घर

discharge-corona-affeced

चीनमा स्थापना गरिएको पहिलो कोरोना हस्पिटलबाट स्वास्थ्यलाभ गरेर घर फर्कंदै गरेका एक व्यक्तिलाई बिदाइ गर्दै स्वास्थ्यकर्मीहरू ।

काठमाडौं । कोभिड–१९ महामारीको संक्रमणमा परेका २ लाखभन्दा बढी बिरामी निको भएका छन् ।

बिहीबार साँझसम्म २ लाख ३ हजार ११ जना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ ।

२ सयभन्दा बढी देशमा पुगेको कोरोना भाइरसबाट संक्रमितको संख्या ९ लाख ६० हजार पुगिसकेको छ । उनीहरूमध्ये ७ लाख जनामा यसको संक्रमण अझै बाँकी छ ।

कोरोनाबाट हालसम्म ४९ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

नेपालमा कुल संक्रमितको संख्या ६ पुगेको छ । जसमध्ये ५ जनाको उपचार चलिरहेको छ भने १ जना निको भइसकेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ