तनहुँ । तनहुँको व्यास नगरपालिकाको वडा नं ३ को समिति र टोल विकास संस्थाहरुको सयुक्त बैठकले दमौली स्थित व्यास-३ मा रहेको तरकारी पसलहरु बन्द गर्ने निर्णय गरेको छ ।
उक्त बैठकले तरकारी पसलहरु लकडाउन अवधिभर बन्द गर्ने निर्णय गरेको हो ।
व्यास-३ का वडाअध्यक्ष प्रेम कुमार श्रेष्ठको अध्यक्षतामा बसेको सो बैठकमा वडा भित्रका टोल विकास संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

लकडाउनको सुरुवात देखि नै सुरक्षा सर्तकता र सामाजिक दुरी कायम गर्ने विषयमा चरम लापरवाही भएको हुँदा लक डाउन अवधिभर तरकारी पसल बन्द गर्ने निर्णय गरिएको व्यास-३ का वडा सदस्य रविन पौडेलले जानकारी दिए ।
तरकारी पसल बन्द गर्ने निर्णय संगै जिल्ला भित्रका उत्पादन ट्रकमा राखेर टोल-टोलमा पुर्याउने निर्णय समेत बैठले गरेको छ ।
त्यस्तै बैठकले व्यास नं ३ शवदाह घाटमा मलामी जाँदा कम संख्या जान र सामाजिक दुरी कायम गर्न अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै बैठकले वडा नं ३ भित्र हालसालै विदेशबाट आई घरमा नै क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको स्वास्थ्य उपाचार देखि रेखदेखका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ ।
त्यसैगरी बैठकले वडा भित्र दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने नागरिहको नामवली संकलन गरी टोल विकास संस्थाहरुसंग समन्वय गरी राहत वितरण गर्ने निर्णय समेत गरेको छ ।
व्यास नगरपालिकाले निर्णय गर्न नसकेको अवस्थामा वडा आफैले यस्तो निर्णय गरेर काम गर्ने भएको हो ।
नगरपालिकाले नेतृत्व लिएर नगरभित्रका सम्पुर्ण टोल-टोलमा तरकारी र खाद्यान्न पुर्याउने व्यवस्था गर्नुपर्ने नगरबासी बताउँछन ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते