एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण चौबिस घण्टामा विश्वभर ३४ सय ७७ जनाको मृत्यु भएको छ ।
मंगलबार एकैदिन ३४ सय ७७ जनाको मृत्यु भएको हो ।
त्यस्तै मंगलबारसम्म संक्रमित हुनेहरुको संख्या विश्वभर ८ लाख ३७ हजार २१ पुगेको छ भने एकैदिन ५२ हजार ३६२ जना संक्रमित भएका छन् । मर्नेको संख्या ४१ हजार २ सय ४५ पुगेको छ ।
मंगलबार सबैभन्दा बढी इटालीमा ८ सय ३७ जनाको मृत्यु भएको छ भने स्पेनमा ५ सय ५३ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्रान्समा ४ सय ९९ जनाको मृत्यु भएको छ भने बेलायतमा ३ सय ८१ जनाको मृत्यु भएको छ ।
त्यस्तै अमेरिकामा २ सय ९० जनाको मृत्यु भएको छ । उता, बेल्जियममा १ सय ९२ जनाको मृत्यु भएको छ भने इरानमा १ सय ४१ जनाको मृत्यु भएको छ ।
अमेरिकामा एकैदिन १२ हजार ७ सय ३० जनामा संक्रमण पुष्टि भएको छ भने फ्रान्समा ७ हजार ५ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै इटालीमा ४ हजार ५३ जनामा संक्रमण पुष्टि भएको छ भने स्पेनमा ६ हजार ४ सय ६१ जनामा संक्रमण देखा परेको छ । उल्लेखित तथ्यांकअनुसार अहिलेसम्म सबैभन्दा बढ्री अमेरिकामा १ लाख ७६ हजार ५ सय १८ जना संक्रमित भएका छन् भने इटालीमा १ लाख ५ हजार ७ सय ९२ जना संक्रमित भएका छन् ।
त्यसपछि इटाली, चाइना, जर्मनी लगायतका देशहरुमा संक्रमित हुनेहरुको संख्या बढी देखिएको छ । इटालीमा मर्नेको संख्या १२ हजार ४ सय २८ पुगेको छ भने स्पेनमा ८ हजार २ सय ६९ पुगेको छ ।
त्यस्तै, अमेरिकामा मर्नेको संख्या ३ हजार ४ सय ३१, फ्रान्समा ३ हजार ५ सय २३ इरानमा २ हजार ८ सय ९८, बेलायतमा १ हजार ७ सय ८९, नेदरल्यान्डमा १ हजार ३९ जनाको अहिलेसम्म मृत्यु भएको छ ।
अन्य देशमा पनि मृत्युदर बढिरहेको देखिएको छ । तर संक्रमण सुरु भएको चीनमा भने महामारी नियन्त्रणमा आइसकेको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते