एजेन्सी । थाइल्यान्डका राजा महा बज्रलङ्क्रोन यतिबेला जर्मनीको विलासी होटलमा ‘सेल्फ आइशोलेसन’ मा छन् । उनले आफ्ना लागि पुरै होटल बुक गरेका छन् ।
यहाँ राजा र उनका २० प्रेमिकाबाहेक अन्य कोही पनि बस्दैनन् ।
कोरोना भाइरसपछि विश्वभरका जनता घरभित्रै बस्न बाध्य छन् ।
उनीहरु अत्यावश्यक काममा मात्रै बाहिर निस्कन्छन् र सेल्फ आइसोलेसन पालना गरिरहेका छन् ।
यस्तोमा थाई राजाले आफुलाई जर्मनीमा सेल्फ आइशोलेट गरेका हुन् ।
लकडाउनका बाबजुद यी राजालाई बाभारियास्थित चार तारे ग्रान्ड होटल सोन्नीनबीच्लमा बस्नका लागि विशेष अनुमति दिइएको हो ।
जर्मन ट्याबलोइड बिल्डमा प्रकाशित समाचारअनुसार थाई राजा आफ्ना केही सेवकसहित २० जना प्रेमिकासँगै यहाँ बसिरहेका छन् ।
यी राजाले अझै ठूलो संख्यामा सेवक ल्याउने योजना बनाएका थिए, तर तीमध्ये १ सय १९ जनालाई कोरोना हुनसक्ने आशंकामा घर पठाइयो ।
आफ्ना राजा जर्मनीमा बसेको समाचार भाइरल भएपछि थाईल्यान्डका जनताले ट्वीटरमा आक्रोश पोखेका छन् । ‘हामीलाई किन राजा चाहियो ?’ ट्वीटरमा ट्रेन्डिङमा छ ।
जबकी, थाइल्यान्डमा राजाविरुद्ध बोल्नु अपराध मानिन्छ ।
यस देशमा राजा वा रानीको इज्जतमाथि प्रश्न उठाउन नपाइने कडा कानून छ । यी राजाले चारपटक बिहे गरिसकेका छन् ।
राजकुमारी सोआम्सावालीसँग १९७७ मा बिहे गरेर १९९३ मा डिभोर्स गरेका थिए । युवाढिदा पोल्प्रासेर्थसँग १९९४ मा बिहे गरेपनि दुई वर्षसमै सम्बन्ध विच्छेद भयो ।
श्रीरश्मी सुवाडीसँग २००१ मा बिहे गरेर २०१४ मा सम्बन्ध विच्छेद गरे । अहिले रानी सुथिडा उनकी पत्नी हुन् ।
थाइल्याण्डमा अहिलेसम्म १ हजार ५ सय २४ जनामा कोरोना भाइरस देखिइसकेको छ । नौ जनाको मृत्यु भइसक्यो ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते