तनहुँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कारोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउको समय बढाएसंगै तनहुँमा खाद्यान्न वितरण सुरु गरिएको छ ।
लगातार एकहप्ताभन्दा बढी समय लकडाउन भएको कारण दैनिक ज्यालादारी गर्ने गरिब विपन्न परिवारलाई समस्या हुन थालेपछि स्थानिय तहले खाद्यान्न वितरण सुरु गरेको हो ।

तनहुँको बन्दिपुर गाउँपालिकाले गाउँपालिका क्षेत्र अन्तर्गतका गरीब तथा विपन्न ५ सय १७ परिवारलाई खाद्यान्न वितरण गर्न सुरु गरेको हो । सोमबार र मंगबार खाद्यान्न वितरण गरिएको गाउँपालिका अध्यक्ष पुर्णसिं थापाले बताए ।
गाउँपालिकाको वडा नम्बर १ मा १ सय ८५, वडा नम्बर ४ मा १ सय ४८ र वडा नम्बर ५ मा १ सय १८४ गरि कुल ५ सय १७ परिवारलाई प्रति परिवार ३० किलो चामल वितरण गरिएको अध्यक्ष थापाले जानकारी दिए । अन्य बाकीँ ३ वटा वडाको तथ्याङ्क संकलन भैरहेकाले छिट्टै राहत वितरण गर्ने उनले बताए ।

साथै गाउँपालिकाले कोरोना भाइरस सम्बन्धि सचेतना समेत फैलाईरहेको गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले बताईन । अन्य वडा ग्रामीण वडा भएको हुदाँ सहरी क्षेत्रको तुलनामा कम खाद्यान्न वितरण हुने उनले बताईन ।
सम्बन्धित खबर
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते