अब पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराबाटै कोरोना भाइरसको परिक्षण हुने

अब पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराबाटै कोरोना भाइरसको परिक्षण हुने

pokhara-swasthya-bigyan-pratisthan

पोखरा । कोरोना भाइरस लागे नलागेको थाहा पाउन पिसिआर मेशिन अन्ततः पोखरा आइपुगेको छ ।

सोमबारसम्म मेशिन पोखरा आउने नआने अन्योल आजदेखि हटेको छ ।

बिरामीको स्वाब परीक्षण गर्ने पिसिआर मेशिनसहितको अन्य आवश्यक स्वास्थ्य सामग्री बोकेको हेलिकप्टर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको परिसरमा अवतरण गरेसँगै यो अन्योल हटेको हो ।

हेल्किोप्टर अवतरण गरेसँगै मेशिन कहाँ राख्ने भन्ने विषयमा देखिएको विवाद पनि अब टुङ्गिएको छ ।

प्रदेश सकारको टोली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकारीबीच छलफलपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकै प्रयोगशाला भवनमा कोरोना भाइरस परीक्षण गर्ने मेशिन पनि राख्ने सहमति भएको प्रदेश निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

सामान कहाँ राख्ने भन्ने पूर्वतयारी नहुँदा र प्रतिष्ठानका जिम्मेवार व्यक्तिबीच समन्वय हुन नसक्दा यस्तो समस्या देखिएको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।

उनले भने, ‘हिजो हेलिकप्टर व्यवस्थापन गर्न नसकेर मेशिन आएको थिएन, आज बिहानै मेशिनको साथमा आवश्यक किट, केमिकल र विज्ञको टोली पोखरा आएको छ, कहाँ राख्ने भन्ने विषयमा पनि धेरै विवाद देखियो, अन्ततः छलफलपछि यो टुंगिएको छ ।’ श्रेष्ठले अब गण्डकी प्रदेशका बिरामीको परीक्षण सहज हुने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ