पोखरा । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ज्यान गुमाउने मानिसको संख्या ३७ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार विश्वभर मृत्यु हुने मानिसको संख्या ३७ हजार नाघेको हो ।
ज्यान गुमाउनेमध्ये इटालीमा सबैभन्दा धेरै ११ हजार पाँच सय ९१ जनाको ज्यान गएको छ । त्यस्तै, स्पेनमा सात हजार सात सय १६ जनाले ज्यान गुमाएका छन् ।
चीनमा पनि मृत्यु हुनेको संख्या तीन हजार तीन सय नौ पुगेको छ भने अमेरिकामा पनि ज्यान गुमाउने तीन हजार ४० पुगेका छन् । विश्वभर समग्र संक्रमितको संख्या पनि सात लाख ८५ हजार नाघेको छ ।
जसमध्ये सबैभन्दा धेरै अमेरिकामा संक्रमितको संख्या एक लाख ६४ हजार नाघेको छ । इटालीमा समग्र संक्रमित एक लाख एक हजार नाघेका छन् ।
त्यस्तै, स्पेनमा समग्र संक्रमितको संख्या ८७ हजार नाघेको छ भने चीनमा ८२ हजारभन्दा धेरैमा यो भाइरसको संक्रमण देखिएको छ।
भाइरसको संक्रमणबाट निको हुनेमा चीन सबैभन्दा अगाडि छ । अहिलेसम्म चीनमा यो भाइरस संक्रमण पुष्टि भएपछि निको भएर घर फर्किने मानिसको संख्या ७६ हजारभन्दा धेरै छ ।
स्पेनमा करिब १७ हजार मानिस निको भएर घर फर्किएका छन् भने इटालीमा पनि १४ हजारभन्दा धेरै भाइरस संक्रमण पछि निको भएर घर फर्किएका छन् ।
त्यस्तै, इरान र जर्मनीमा पनि १३ हजारभन्दा धेरै मानिस निको भएर घर फर्किएका छन् ।
सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते