एजेन्सी । संसारभरी बितन्डा मच्चाइरहेको कोरोनाभाइरसको पहिलो संक्रमितबारे पत्ता लागेको । ५७ वर्षकी पहिलो संक्रमित महिला चीनको ऊहानमा झिङ्गे माछा बेच्थिन् ।
वेई गुझियानलाई ‘पेसेन्ट जिरो’ नाम दिइएको छ । पेसेन्ट जिरो ती व्यक्तिलाई भनिन् जसमा सबैभन्दा पहिले कुनै रोगको लक्षण देखिन्छ । विशेष कुरा के हो भने करिब एक महिनाको उपचारपछि उनी पूर्ण रुपमा ठिक भइसकेकी छिन् ।
द वाल स्ट्रिट जर्नलका अनुसार ती महिला ऊहानको हुआनैन सी–फूड मार्केटमा १० डिसेम्बरमा झिङ्गे माछा बेचिरहेका बेला संक्रमणमा परेकी थिइन् ।
त्यतिबेलो उनले सार्वजनिक शौचालय प्रयोग गरेकी थिइन् र त्यसपछि उनलाई रुघा खोकीले जकडेको थियो । ३१ डिसेम्बरमा ऊहान म्युनिसिपल हेल्थ कमिशनले सबैभन्दा पहिला ती महिलाको नाम सार्वजनिक गरेको थियो ।
वेई ती २७ संक्रमितमा समावेश थिइन् जसलाई सबैभन्दा पहिले कोरोनाभाइरसद्वारा संक्रमित पाइयो । यी २७ संक्रमितमध्ये २४ जना त्यही सीफूड मार्केटबाट संक्रमित भएका थिए जहाँ यी महिला झिङ्गे माछा बेच्थिन् । पछि यसबारे विभिन्न विरोधाभासी रिपोर्ट पनि सार्वजनिक भए जसमा चिनियाँ सरकारले पेसेन्ट जिरो भेटिएको भन्ने दाबी खारेज गरेको थियो ।
सबैभन्दा पहिलो बिरामी त्यसकारण पेसेन्ट जिरोः सबैभन्दा पहिले रिपोर्ट भएको घटनाको रुपमा वेईलाई पेसेन्ट जिरो मानिएको हो तर चीन सरकारको तर्फबाट अहिलेसम्म यसबारे कुनै आधिकारिक बयान सार्वजनिक भएको छैन । यता चिनियाँ पत्रिका ‘ग्लोबल मिडिया’ ले कोरोना भाइरस अमेरिकी सैन्य प्रयोगशालामा विकसित गरिएको र अक्टोबरमा ऊहानमा भएको वर्ल्ड मिलिट्री गेम्सको क्रममा साइक्लिस्ट मजाट्जे बेनासी कोरोनाभाइरसको स्रोत थिए ।
त्यसपछि चीन र अमेरिकाबीच शीतयुद्ध सुरु भएको थियो र दुई देशले एक–अर्कामाथि आरोप लगाएका थिए । यसरी सार्वजनिक भयो नामः चीनको न्यूज वेबसाइट ‘द पेपर’ ले एक रिपोर्टलाई हवाला दिँदै यी महिला पेसेन्ट जिरो भएको बताएको हो । ब्रिटेनको द मिरर, सिड्नीको न्यूज डट अष्ट्रेलियालगायतले पनि यी महिलालाई पेसेन्ट जिरो बताएको छ ।
सबैभन्दा पहिले ६ मार्चमा द वाल स्ट्रिट जर्नले आफ्नो खोजमुलक रिपोर्ट मा वेई गुझियानको नाम सार्वजनिक गरेको थियो । द वाल स्ट्रिट जर्नलका पत्रकार जेरेमी पेज, वेन्झिंग फ्यान र नताशा खानले उक्त रिपोर्ट बनाएका थिए । यस्तै, २७ मार्चमा युरोपका विभिन्न समाचार एजेन्सीले चीनको स्रोतलाई हवाला दिँदै यी महिला नै पेसेन्ट जिरो भएको दाबी गरे ।
पेसेन्ट जिरोले बयान दिइन्ः महिला वेई गुझियानले भनिन्, ‘मलाई हरेक चिसो मौसममा रुघा–खोकी लागिरहन्थ्यो । १० डिसेम्बरमा जब यस्तो भयो तब मैले सामान्य नै होला भनेर ठानेँ । मलाई गत वर्षभन्दा धेरै नै थकाई लाग्न थाल्यो ।
म त्यसैदिन घर नजिकैको एक क्लिनिकमा गएँ र औषधी खाएपछि पुनः बजारमा आफ्नो काम गर्न थालेँ । जब मेरो स्थिती बिग्रन थाल्यो तब म ऊहानको द इलेवेन्थ अस्पतालमा गएँ । त्यहाँ पनि मेरो रोगबारे पत्ता लाग्न सकेन र मलाई औषधी दिइयो ।’ कोरोनाबारे २१ दिनपछि पत्ता लाग्योः त्यसको ५ दिनपछि उनी लगभग बेहोस नै हुन थालेकी थिइन् त्यसपछि १६ डिसेम्बरमा ऊहान युनियन अस्पतालमा उनको राम्रोसँग उपचार गरियो ।
डाक्टरले उनको रोगलाई निर्मम त बताए तर उनलाई जस्तो लक्षण देखिएको छ ठ्याक्कै त्यस्तै अरु व्यक्तिमा पनि देखिएको बताए । ‘
चिनियाँ प्रशासनले उनलाई डिसेम्बरको अन्तिममा क्वारेन्टाइनमा राख्यो र त्यसपछि पहिलो पटक ऊहानको त्यही सीफूड मार्केट र कोरोनाभाइरससँग सम्बन्ध भएको पाइयो ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते