काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट पाकिस्तानमा संक्रमित हुनेको संख्या एक हजार १०० नाघिसकेको छन् ।
अहिलेसमम ८ जनाको मृत्यु भइसकेको छ । तर सबैभन्दा अनौठोचाहिँ अन्यत्रभन्दा उल्टो प्रभाव देखिएको छ । अन्य मुलुकमा कोरोना भाइरसको प्रभाव वृद्ध उमेरका मानिसमा देखिए पनि पाकिस्तानमा युवाहरु बढी प्रभावित बनेका छन् ।
विशेषगरी २१-३० वर्ष समूहका युवाहरु यो भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेका हुन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खानका विशेष सहायक डाक्टर जफर मिर्जाका अनुसार संक्रमणका २५ प्रतिशत संक्रमण २१ देखि ३० वर्ष उमेरका युवामा देखिएको हो ।
संक्रमितमध्ये २५० भन्दा धेरै युवा छन् । जबकी अन्य मुलुकमा ६० वर्षभन्दा बढी उमेर समूहका मानिस यो भाइरसबाट संक्रमित हुने गरेका छन् ।
बुधबार स्थानीय टेलिभिजनलाई जानकारी दिँदै मिर्जाले भाइरस ९३ प्रतिशत विदेशबाट आएको छ भने केवल ७ प्रतिशत आन्तरिक रुपमा फैलिएको हो ।
चीनमा बिहीबारसम्ममा ८१ हजार २८५ संक्रमित देखिएका छन् । जसमध्ये ३ हजार २८७ जनाको ज्यान गएको छ । जसमध्ये ८१ हजार संक्रमित ६५ वर्ष वा त्योभन्दा बढी उमेरका छन् ।
पाकिस्तान डेलीसँग कुरा गर्दै नेशनल इन्स्टिच्युट अफ हेल्थका प्रमुख महामारी विशेषज्ञ राणा सफदरले पाकिस्तानमा युवाको जनसंख्या चीनको भन्दा धेरै रहेकाले युवामा बढी संक्रमण देखिएको बताए ।
सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते