कोरोनाबाट मृत्यु हुनेको संख्या २१ हजार २ सय, स्पेनमा चीनको भन्दा धेरै मृत्यु

कोरोनाबाट मृत्यु हुनेको संख्या २१ हजार २ सय, स्पेनमा चीनको भन्दा धेरै मृत्यु

COVID19

काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१ हजार २ सय पुगेको छ । गत २४ घण्टामा विश्वभर २ हजार ३ सय ६ जना मृतक थपिएका छन् ।

सबैभन्दा बढी इटालीमा ६ सय ८३ र स्पेनमा ६५६ जनाको मृत्यु भएको छ । फ्रान्समा २३१ र अमेरिकामा १५६ जनाको मृत्यु थपिएको छ ।

कोरोना भाइरसको उदगम देश चीनमा भने ६ जना नयाँ मृतक थपिएका छन् । यससँगै चीनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ८७ पुगेको छ । चीनमा सबैभन्दा धेरै ८१ हजार २ सय ८५ जना संक्रमित छन् ।

स्पेनमा मृतकको संख्या आश्चर्यजनकरुपमा बढेको छ । स्पेन धेरै मृत्यु हुने देशहरुको सूचीमा दोस्रो स्थानमा छ । स्पेनमा ३ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ । यो चीनको भन्दा ३ सय ६० ले बढी हो ।

सबैभन्दा धेरै मानिसको मृत्यु भएको देशको सूचीमा भने इटली छ । इटलीमा ७ हजार ५ सय ३ जनाको मृत्यु भएको छ । ५ हजार २ सय १० जना नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकामा १० हजार ९ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् भने ९ सय ३५ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds