तनहुँको भन्सारमा भ्यान दुर्घटना हुँदा २ जना घाइते

तनहुँको भन्सारमा भ्यान दुर्घटना हुँदा २ जना घाइते

Bhansar accident

तनहुँ । तनहुँको भानु १ भन्सारमा बुधबार बिहान भ्यान दुर्घटना हुँदा २ जना घाइते भएको छ ।

काठमाडौं सानो भर्याङबाट गोरखा थालाजुङ जाने क्रममा डुम्रे बेसिशहर सडक खण्डको भन्सारको रमाइलो डाडामा बिहान करिब ४ बजे दुर्घटना भएको हो ।

बा १५ च ४२५४ नम्बरको टाटा भ्यान एक्कासि अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

भ्यानमा ८ जना यात्रु सवार रहेका थिए । जसमध्य २ जना घाइते भएका छन् भने अन्य ६ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइतेकोक्स लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको र चालक प्रहरी नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ