बेइजिङ । कोरोना भाइरसको संकटबाट जुधिरहेको चीनको युन्नान प्रान्तमा एक व्यक्तिको हन्ता भाइरसको कारण मृत्यू भएको छ । पीडित व्यक्ति कामको लागि बसबाट शाडोङ्ग प्रान्त फर्किरहेका थिए । उनमा हन्ता भाइरस पोजिटिभ देखिएको थियो ।
उनीसँगै बसमा सवार ३२ जनाको पनि स्वास्थ्य जाँच गरिएको छ । चीनको सरकारी समाचारपत्र ग्लोबल टाइम्समा प्रकाशित खबरले यसबारे समाचार प्रकाशन गरेपछि सामाजिक सञ्जालमा चर्चा चुलिएको छ ।
ठूलो संख्यामा मानिसहरुले ट्वीट गर्दै हन्ता भाइरस पनि कोरोनाजस्तै प्रकोपको रुपमा अगाडि बढ्न सक्ने चिन्ता व्यक्त गर्न थालेका छन् । भारतमा हन्ता भाइरस ट्वीटरमा ट्रेन्डिङ पहिलो नम्बरमा पुगेको छ ।
हन्ता भाइरस मुसाबाट सर्ने जीवाणु हो । मुसालाई राम्रोसँग नपकाई खाँदा हन्ता भाइरसको संक्रमण हुन्छ ।
के हो हन्ता भाइरस ?
विशेषज्ञहरुका अनुसार कोरोना भायरसजस्तै हन्ता भाइरस घातक भने छैन । कोरोनाभन्दा विपरित हावामार्फत् फैलँदैन ।
यो मुसा वा लोखर्केको सम्पर्कमा आउने मानिसमा फैलन्छ । तर यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । यदि कोही व्यक्ति मुसाको दिसा, पिसाब आदिलाई छुन्छ र आफ्नो आँखा, नाक र मुख छुन्छ भने उसमा हन्ता भाइरसको सम्भावना बढ्छ ।
यो भाइरस संक्रमण हुँदा मानिसलाई ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, पेट दुख्ने, उल्टी हुने, झाडा पखाला लाग्ने जस्ता लक्षण देखिन्छ ।
यदि समयमै उपचार नपाएमा हन्ता भाइरस संक्रमित मानिसको मृत्यू पनि हुनसक्छ । हन्ता भाइरस संक्रमणबाट मृत्यू हुने दर ३८ प्रतिशत रहेको छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते