कोरोना भाइरसको महामारीको गति बढ्दैछ :  विश्व स्वास्थ्य संगठन (WHO)

कोरोना भाइरसको महामारीको गति बढ्दैछ :  विश्व स्वास्थ्य संगठन (WHO)

WHO-990×651

एजेन्सी । विश्वमा रहेका लगभग हरेक देशमा फैलिसकेको कोरोनाभाइरस (कोभिड–१९) को महामारीले गति पक्रन थालेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सोमबार कोरोनाभाइरसबाट संक्रमित हुने सङ्ख्या ३ लाख ५० हजार पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको छ ।

‘महामारीको गति बढ्दैछ,’ डब्लूएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेसियसले जेनेभास्थित हेडक्वार्टरमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘पहिलो १ लाख संक्रमित पुग्न ६७ दिन लागेको थियो, दोस्रो १ लाखका लागि ११ र तेस्रो १ लाखका लागि मात्र ४ दिन लागेको छ ।’

उनले जी–२० राष्ट्रहरुलाई कोरोनाभाइरसको संक्रमणसँग लड्नका लागि आवश्यक स्वास्थय सामग्री निर्माण गर्नका लागि सहकार्य गर्नका लागि आह्वान गर्ने पनि बताए ।

डब्लूएचओका अनुसार २ करोड ६० लाखभन्दा बढी स्वास्थ्यकर्मी कोरोनाभाइरसबाट संक्रमितको उपचारमा संलग्न हुने अनुमान गरेको छ ।

र, केही हप्तामा नै यसले विश्वको स्वास्थ्य व्यवस्थालाई धरासायी बनाउन सक्ने चेतावनी दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ