काठमाडौं । लामो दुरीका यात्रुबाहक सार्वजनिक सवारी साधन आजबाट बन्द भएका छन् । कोरोना भाइरसको संक्रमण नेपाल भित्रिन नदिने उद्देश्यले सोमबारबाट लामो दुरीका सार्वजनिक सवारी साधन अनिश्चितकालका लागि बन्द गराइएको हो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै १० चैतदेखि केही समयका लागि लामो दुरीका सवारी साधन चलाउन रोक लगाउने निर्णय गरिएको जानकारी दिएका थिए ।
यसलाई स्पष्ट गर्दै प्रधानमन्त्री कार्यालयले हिजो लामो दूरीमा यात्रा गर्ने यात्रुबाहक निजी सवारीलाई नरोक्ने बताएको थियो । यसअघि यातायात व्यवस्था विभागले लामो दूरीमा कार र मोटरसाइकलमा पनि यात्रा गर्न नपाइने भनेको थियो ।
प्रधानमन्त्रीको घोषणालाई ब्याख्या गर्दै प्रधानमन्त्री कार्यालयका सचिव तथा कोरोना भाइरसको संक्रमण रोकथाम लागि बनेको उच्च स्तरीय समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले लामो दूरीका यात्रु बोक्ने सार्वजनिक सवारी मात्रै रोकिएको बताए । उनले एम्बुलेन्स सहित अत्यावश्यक सेवामा सार्वजनिक सवारी पनि चलिरहने जानकारी दिए ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै अन्तर्राष्ट्रिय उडानहरु पनि बन्द गराएको छ । चीन र भारतसँग जोडिएका नेपालका नाकाहरु पनि एक साताका लागि बन्द गराइएको छ । तर सीमा नाकाबाट अत्यावश्यक सामाग्रीको ढुवानी भने जारी रहने छ ।
यस्तो छ सवारी ऐनमा ?
सवारी ऐनमा उल्लेख भएअनुसार लामो दूरी भन्नाले २५० किलोमिटरभन्दा माथिकालाई बुझ्न सकिन्छ ।
सवारी ऐनअनुसार १ सय किलोमिटरदेखि २५० किलोमिटरसम्मको दूरीलाई मझ्यौला दूरी (रुट) भनिन्छ ।
यस्तै २५ देखि १ सय किलोमिटरसम्मको दूरीलाई छोटो दूरी भनेर व्याख्या गरिएको छ । २५ किलोमिटरभन्दा तलको दूरीलाई भने स्थानीय रुट भनेर सवारी ऐनमा व्याख्या गरिएको छ ।
सम्बन्धित खबर
राराको डाँफे होटलमा आगलागी
घाँस काट्न गएका युवक र युवती जङ्गलमा मृत फेला
बदली, वर्षा र हिमपातको सम्भावना
आज नेपाली सेनाको दुई सय ६२ औँ स्थापना दिवस, सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह
आज महाशिवरात्रिः भगवान् शिवको पूजा–आराधना गरी मनाइँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु