तनहुँ । तनहुँको व्यास नगरपालिकामा प्रत्येक वडा कार्यालयले विदेशबाट फर्किएका व्यक्तिहरुको विवरण अद्यावधिक गरी आवश्यक रेखदेख तथा निगरानी गरी नगरपालिका कार्यालयमा अभिलेख दैनिक रुपमा पठाउनुपर्ने निर्णय गरेको छ ।
व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा कोरोना भाईरस बिरुद्दको अभियानमा आइतबार बसेको व्यास नगरपालिका नगर कार्यपालिकाको आकस्मिक वैठकले उक्त निर्णय गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वडासँग विदेशबाट फर्कनेको अद्यावधिक विवरण मागेको छ । कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले तयार भएको रोकथाम तथा नियन्त्रण कार्ययोजना मन्त्रालयले हरेक वडाको विवरण मागेको हो ।
मन्त्रालयद्वारा स्थानीय तहरूलाई आइतबार जारी परिपत्रमा भनिएको छ, ‘प्रत्येक वडा कार्यालयमार्फत विदेशबाट फर्किएका व्यक्तिहरूको विवरण अद्यावधिक गरी आवश्यक रेखदेख तथा निगरानी गर्ने र सोको संख्यात्मक विवरण दैनिक रुपमा मन्त्रालयमा पठाउने ।’
मानिसहरूको दैनिक जमघट हुने सार्वजनिकस्थलहरू दैनिक रुपमा सरसफाइ गरेर संक्रमणरहित बनाउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते