भोलिदेखि एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक सवारी चलाउन नपाइने

भोलिदेखि एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक सवारी चलाउन नपाइने

road

सरकारले कोरोना भाइरसबाट पूर्वसतर्कता अपनाउन भन्दै भोलिदेखि एक जिल्लाबाट अर्को जिल्लामा सवारी चलाउन नपाइने व्यवस्था गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बाेधन गर्दै १० चैतदेखि लामो दूरीका सवारी नचलाउन आह्वान गरेका थिए । प्रधानमन्त्रीको आह्वानअनुसार यातायात व्यवस्था विभागले उपत्यकाबाहेकका जिल्लामा एक जिल्लाबाट अर्को जिल्लामा सवारी लैजान नपाउने व्यवस्था गरेको हो ।

सरकारको यो निर्णय सँगै अब एक जिल्लाबाट अर्को जिल्लामा सवारी लैजान पाइने छैन । यातायत व्यवसायी महासंघका महासचिव सरोज सिटौलाका अनुसार एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक सवारी लैजान नपाउने निर्देशन आएको बताए ।

उनका अनुसार यो नियम देशभर लागू हुनेछ । सरकारले यातायात व्यवसायीलाई समेत यो नियम पालना गर्न निर्देशन दिएको सिटौलाले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ