प्रधानमन्त्री ओलीले डाके मन्त्रीपरिषद बैठक

प्रधानमन्त्री ओलीले डाके मन्त्रीपरिषद बैठक

pm

काठमाडौं – मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक मन्त्रीपरिषद् बैठक डाकेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बस्ने बैठकमा कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि चालिएका कदमको कार्यान्वयन पक्ष र सतर्कताका लागि थप निर्णय हुने बुझिएको छ ।कोरोनाको जोखिम न्यूनिकरणका लागि भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै  अत्यावस्यकबाहेकका कार्यालय बन्ददेखि अन्तर्राष्ट्रिय हवाई उडान स्थगनसम्मको घोषणा गरेका थिए ।

नेपाल भारत सीमानाकाका बिषयमा दुई देशबीच आपसी समन्वयमा निर्णय गर्ने बताइए पनि सोबारे अहिलेसम्म सरकारले कुनै निर्णय लिन सकेको छैन ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समितिले अन्य काम गर्दै आए पनि भारतसँगको सीमान नाका बन्द गर्ने कि नगर्ने भनेर ठोस निर्णय गर्न नसकिरहेका बेला मन्त्रीपरिषद् बैठकमार्फत यसबारे पनि निर्णय हुन सक्ने बताइएको छ ।

चिकित्सकहरुले प्रधानमन्त्रीलाई संक्रमणबाट जोगिन धेरै मान्छेसँगको जमघट,छलफल र बैठकहरु नगर्न सुझाएका कारण मन्त्रिपरिषद बैठक बसेको थिएन । यसअघि प्रधानमन्त्री ओली अस्पताल भर्ना हुन अघि फागुन १८ गते मन्त्रीपरिषद्को बैठक बसेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds