एजेन्सी । एक बेलायती व्यापारी अहिले कोरोना भाइरसको संक्रमणपछि निकै तनावमा छन् । भाइरसको संक्रमणभन्दा पनि यस्तो परिस्थिति निम्तनुको वास्तविकता श्रीमतीले चाल पाउलिन् कि भनेर उनलाई ज्यादा त्रसित छन् ।
४० वर्ष पुग्न लागेका यी व्यापारी आफ्नी श्रीमतीलाई बेलायतभित्रै व्यापारिक भ्रमणका लागि जाने भनेर घरबाट निस्किएका थिए, तर उनी इटलीमा आफ्नी गर्लफ्रेन्डसँग डेटिङमा गए ।
श्रीमतीलाई सजिलै झुक्याउन त उनी सफल भए, तर इटलीमा फैलिएको कोरोना भाइरसको महामारीलाई ख्याल गरेनन् । घर फर्किएलगत्तै कोभिड–१९ को लक्षण देखिन थाल्यो र अन्ततः परीक्षणपछि उनी संक्रमित भएको पुष्टि भयो ।
उनले आफ्नी श्रीमतीलाई बेलायतमै संक्रमित हुन पुगेको बताएका थिए, तर अब आफ्नो प्रेम–प्रसङ्ग सार्वजनिक हुने डरले चिन्तित छन् । ‘यी बिरामीबारे अहिले स्वाथ्यकर्मीबीच निकै चर्चा हुनेगर्छ,’ अस्पताल स्रोतलाई उद्धृत गर्दै द सनले लेखेको छ, ‘यदी अवस्था गम्भीर थिएन भने उनको केस एउटा मजाक हुने थियो ।
यी व्यक्तिले आफ्नी श्रीमतीलाई झुक्याएर कसरी इटली गएँ भनेर चिकित्सकलाई सबै बताइसकेका छन् । त्यसैले उनले अझै सोचिरहेकी छिन् कि यो रोग व्यापारीक भ्रमणकै क्रममा सरेको हो ।’ यी व्यक्तिले इटली घुमेको स्विकारेपनि घटना सार्वजनिक हुने डरले प्रेमिकाको नाम चिकित्सकलाई बताएका छैनन् ।
अहिलेसम्म चिकित्सकबाहेक उनकी श्रीमतीलाई मात्रै श्रीमान् संक्रमित छन् भन्ने थाहा छ । उनी उत्तरी इङ्ल्यान्डस्थित आफ्नो आलिसन बंगलामा ‘सेल्फ आइशोलेसन’मा छिन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने