तनहुँको घाँसीकुवामा बस दुर्घटना: एक महिलाको मृत्यु, १७ यात्रु घाइते

तनहुँको घाँसीकुवामा बस दुर्घटना: एक महिलाको मृत्यु, १७ यात्रु घाइते

Bus 9400

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्रगत तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवामा बस दुर्घटन हुदाँ एक महिलाको मृत्यु भएको छ ।

आइतबार बिहान भएको यात्रुबाहक बस दुर्घटनामा गोरखाको गोरखा नगरपालिका–१८ घर भई हाल शुक्लागण्डकी नगरपालिका–२ मा बस्दै आएकी करिव २६ वर्षीय शर्मिला ठकुरिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

मुग्लिनबाट पोखरातर्फ जादै गरेको ग १ ख ९४०० नम्बरको बस घाँसीकुवामा अनियन्त्रित भई भित्तामा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १७ जना यात्रु घाइते रहेको प्रहरीले जनाएको छ ।

घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको र अन्य सामान्य उपचार पश्चात डिस्चार्ज भईसकेको प्रहरीले जनाएको छ ।

घाइते मध्ये २ जना लाई पोखरा स्थित मणिपाल अस्पताल र १ जना लाई काठमाडौ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गत शुक्रबार साझ काकडभिट्टाबाट पोखरा जादै गरेको ग १ ख ९६१७ नम्बरको बस घासीकुवामा नै दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परि बसमा सवार १२ जना घाइते भएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds