समग्र युरोप अहिले कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट आक्रान्त छ । सबभन्दा बढी इटाली यसको प्रकोपको पीडामा रहँदा स्पेन, फ्रान्स, बेल्जियम, पोर्चुगललगायतका देशहरु पनि संक्रमणको पीडाले छट्पटिरहेका छन् ।
इटालीमा सीमित रहेको कोरोना भाइरस एकाएक स्पेनमा पनि फैलनु र यस्ले समग्र युरोपेली मुलुकलाई प्रभाव पार्नुको पछाडि फुटबलको नै सबैभन्दा ठूलो हात रहेको पुष्टि भएको छ ।
त्यो दर्शकविहीन म्याच तर कोरोना भाइरस दुर्भाग्य बनेर उभियो
उत्तरी ईटालीको बेर्गाको एटलान्टा फुटबल टिमसग च्यापियन्स लिग फुटबल खेल्न स्पेनको भ्यालेन्सिया फुटबल टिम उत्तरी ईटालीको बेर्गा शहरमा पुगेको थियो ।
भोला लामिछानेले स्पेनमा भोग्नुपरेको भयावह स्थितिलाई उदांगो पारेका छन् । चीन, ईरान, ईटालीलाई कोरोना भाईरसले गाँजिसकेको र संक्रमणलाई रोक्न विभिन्न उपाय अपनाउँदा पनि स्पेनमा रहेको उक्त भ्यालेन्सिया फुटबल टिम बिना दर्शक खेल खेल्ने निर्णयसहित च्याम्पियन्स लिगको दोस्रो लेग खेल्न ईटाली हानियो ।

खेल त भयो तर रंगशाला बाहिर हजारांै दर्शकहरू टिमको समर्थनमा उपस्थित भए जो कोरोनाबाट संक्रमित थिए । खेल सकियो सबै बाहिर रहेको दर्शकको भीड छल्दै आ–आफ्नो घर तिर लागे । त्यो समयमा त्यहाँबाट बाहिरिने कसैलाई पनि परीक्षण गरिएन । यो नै स्पेन र समग्र युरोपका लागि दुर्भाग्य बन्न पुग्यो । सगम्र यूरोप भरि यिनीहरू जहां जहां गए संगसंगै कोरोना भाईरस पनि लगे ।
स्पेन सरकारले यो सहभागी टिमलाई उच्च सर्तकतासाथ परीक्षण गर्नु पर्ने र क्वारेन्टाईनमा राख्नु पर्ने थियो तर यसो गर्न चुके । च्याम्पियन्स लिगको अन्तिम १६ को त्यो खेलमा एटलान्टाले समग्रमा जित हात पार्दै समग्रमा ८/४ को फराकिलो जित निकाल्न सफल भएको थियो ।
स्पेनमा भएको एकपछि अर्को गल्ती
त्यसपछि गएको मार्च ८ मा स्पेनमा हजारौ सहभागी भव्य जुलुस निकालिएको थियो । जुलुसमा पार्टीको तर्फबाट सम्मेलनमा सहभागी भएका नेताहरु लगायत स्पेनमा रहेका उच्च सरकारी अधिकारीहरु समेत संक्रमित हुन पुगे ।
यसरी स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजकी पत्नी बेगोना गोमेज, मन्त्री इरिने मेन्तेरो, पूर्वसभामुख अना पास्तोर कोरोना भाइरसबाट संक्रमित भएको समाचारहरू आए उनीहरु सबै आठ मार्चको दिन आयोजना गरेको जुलुसमा सहभागी भएका थिए ।
त्यसैगरी स्पेनमा दक्षिणपन्थी दल बोक्सका प्रमुख सान्टियागो आवास्कल विभिन्न राज्यका मुख्यमन्त्री र उप मुख्यमन्त्रीहरु कातालोनियाका मुख्यमन्त्री र उपमुख्यमन्त्री मड्रिडका मुख्यमन्त्री समेत संक्रमित हुन पुगे । मार्च १ बाट १० सम्म भ्यालेन्सीया शहरमा ठूलो पर्व हुन्छ । फाइसाय भनिने यो पर्वलाई युनेस्कोले पनि सूचीकृत गरेको छ । यो पर्वमा बाटोमा सेल रोटी जस्तो खानेकुरा बनाएर बेचिन्छ ।
प्रत्येक चोकमा मूर्ति बनाउने गरिन्छ । दिउँसो २ बजे पटका पड्काइन्छ । नेपालको काठमाडौमा मनाइने घोडेजात्रा जस्तै मान्छेमाथि मान्छे बसेर यो पर्व हेर्ने गर्छन । यो मेलामा ७५ प्रतिशत पर्यटक इटलीबाट आउँछन् । मार्च १० आएर मात्रै यो पर्व रोकियो। तर यतिखेर ढिला भइसकेको थियो र अनुमान गर्न थालिएको छ पक्कै पनि धेरै मानिसमा संक्रमण त्यतिखेर नै फैलिएको थियो । इटलीबाट जति पनि पर्यटक आए, तिनको कुनै जाँच नगरिनु अर्को गम्भीर गल्ती भयो ।
जतिखेर कडाई गरियो त्यो धेरै ढिला भइसकेको थियो
गत साताको शनिबार एक्कासि स्पेन सरकारले उर्दी जारी गर्दै १५ दिनका लागि सबै घरबाट ननिस्कन भन्यो र समग्र स्पेन लक डाउन गरियो ।
जतिबेला जनताहरू मास्क किन्न समेत भ्याएका थिएन्न । खानेकुरा, औषधि लिन वा बैंक जानु प¥यो भने मात्रै बाहिर निस्कन पाइन्छ । आदेश कार्यान्वयन भएको छ कि छैन भनेर हेर्न सरकारले सेना परिचालन गरेको छ ।आदेश उल्लंघन गरे अवस्था हेरेर ६ हजारदेखि ३ लाख युरोसम्म दण्ड जरिवानाको व्यवस्था गरिएको छ ।
रेस्टुरेन्ट , डिस्को, स्कुल, कलेज, सिनेमा, खेल, जिम सबै बन्द गरिएको छ । खानेकुराको पसल, चुरोट बेच्ने पसल खुला छ । चिठ्ठा बेच्ने पसल पनि धेरै भीड हुने ठाउँ भएकाले बन्द गरिएको छ। नेपाली, पाकिस्तानी, भारतीय र बंगालीका केही सुपर मार्केटहरू भने अटेर गरेर अहिले पनि खोलिएका छन् । तर यसको परिणाम भयावह हुने सम्भावना बढ्दो छ ।
६ सय बढीले ज्यान गुमाए स्पेनमा
शुक्रबारसम्ममा स्पेनमा १ हजार बढीको मृत्यू भइसकेको छ । संक्रमितको संख्या र मृत्यू हुनेको संख्या दिनानुदिन तीब्र गतिले बढ्दै गएको छ ।

सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते