पोखरा । कास्की जिल्ला अदालतका श्रेष्तेदार लोकनाथ पराजुली ३० हजार घुससहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा कार्यालयको टोलीले बुधबार साँझ ६ बजेको समयमा उनलाई उक्त रकमसहित रंगेहात पक्राउ गरेको हो । कार्यालयका सूचना अधिकारी मेघनाथ रिजालका अनुसार अदालतमा मुद्धा लडिरहेका व्यक्तिलाई गाडी फिर्ता गरिदिन्छु भन्दै उक्त रकम माग गरेको गुनासो कार्यालयमा आएको थियो । पस्र्याङचोकमा उक्त रकम लिँदै गर्दा पराजुलीलाई रंगेहात पक्राउ गरिएको रिजालले जानकारी दिए ।
एउटा मुद्धामा प्रहरीले गाडी सहित अदालतमा केस लगेको थियो । सो गाडी मुक्त गरिदिन्छु भन्दै उनले ति व्यक्तिसँग घुस मागेको बताइन्छ । उनलाई नियन्त्रणमा लिएर नियमानुसार कारबाही प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।
सम्बन्धित खबर
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ