पोखरा । पोखरा रोट्रयाक्ट क्लव अफ न्युरोड पोखरा र रोट्रयाक्ट क्लव अफ अन्नपुर्णले संयुक्त रुपमा पोखराको पृथ्वीचोकमा बाटोमा हिड्ने पैदलयात्रिलाई निशुल्क मास्क वितरण गरेका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का कारण आम मानिसमा देखिएको सन्त्रासलाई मध्यनजर गरि मानिसहरुमा जनचेतना फैलाउने उद्देश्यले पोखरा रोट्रयाक्ट क्लव अफ न्यूरोड र रोट्रयाक्ट क्लव अफ अन्नपुर्णले पोखरामा निशुल्क रुपमा मास्क वितरण गरि कोभिड १९ बाट बचाउनका लागी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको अन्नपूर्ण क्लवका अध्यक्ष रोहित गिरीले जानकारी दिए ।

क्लबले मङगलबार पृथ्वीचोकमा आवतजावत गर्ने पैदलयात्रुहरुलाई ५०० ओटा मास्क वितरण गरी समाजमा आउने परिस्थितिलाइ सामना गर्न जुनसुकै वेला पनि तयार रहेको दुवै क्लवका सदस्यहरुले बताए । 
यस्तै बढ्दै गईरहेको प्रकोपका कारण राज्यले पनि भिडभाड हुने ठाँउहरु सपिङ मल, सार्वजनिक मेला महोत्सव तथा पठनपाठन हुने ठाँउमा हेल्प डेस्कको व्यवस्था गर्नुपर्ने तथा अत्यावश्यक वस्तुहरु माक्स र सेनेटरिजको सहज रुपमा उपलब्ध गराउनुपर्ने पोखरा रोट्रयाक्ट क्लव अफ न्यूरोड पोखराका अध्यक्ष गनेश भण्डारीले बताए ।
उनले आगामी दिनमा थप सचेतनामुलक कार्यक्रमहरु गर्दै जाने जानकारी दिए ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने