काठमाडौं । सरकारले देशभर लागू हुने गरी विद्यालय समय बिहान ९ बजेदेखि ४ बजेसम्म तोक्ने तयारी गरेको छ । हाल आधिकारिक विद्यालय समय भने १०–४ छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ४ बजेसम्म विद्यालय सञ्चालन गर्न/गराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका एक जना सचिव महेशप्रसाद दाहालले भने, ‘यो निर्णय देशभर र सबै विद्यालयहरुमा लागु गर्ने कुरामा छलफल भइरहेको छ, हामी पनि सरोकारवालासँग छलफल गरिरहेका छौं ।’
विद्यालय समय ९–४ नै किन ?
विद्यालय र अन्य कार्यालयहरु खुल्ने–बन्द हुने समय समान छ । अर्थात निजी हुन् वा सरकारी सबै कार्यालयहरु प्रायः १० बजे खुल्ने र चार वा पाँच बजे बन्द हुने गर्दछन् । कार्यालय समय समान हुँदा सडकमा सवारी साधनको चाप बढ्ने र ट्राफिक जामको समस्या पनि हुने निष्कर्षसहित विद्यालय समय हेरफेर गरिएको अधिकारीहरु बताउँछन् ।
‘खासगरी काठमाडौं उपत्यका र अन्य ठूला सहरमा ट्राफिक जामको समस्या बढेपछि विद्यालयहरु छिटो खोल्ने र छिटो बन्द गर्ने निष्कर्षमा पुगिएको हो,’ शिक्षा सचिव दाहालले भने ।
यो निर्णय खासगरी निजी विद्यालय लक्षित छ । प्रायः सबैजसो बोर्डिङ स्कुलहरुले गाडीबाट विद्यार्थीहरु ओसार्छन् । सार्वजनिक, सरकारी, निजी र विद्यालयका गाडीहरुसमेत एउटै समयमा सडकमा निस्कदा घण्टौं जाम हुने समस्या छ ।
त्यसैले नयाँ समय लागु गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पहल गरेको हो । प्रधानमन्त्री कार्यालयको निर्देशनअनुसार आइतबार शिक्षा मन्त्रालयले विद्यालय सञ्चालनको नयाँ समय कार्यान्वयबारे सरोकारवालासँग छलफल गरेको थियो । छलफलमा प्याब्सन, एनप्याब्सन, हिसान, ट्राफिक प्रहरीका अधिकारी, अभिभावकका प्रतिनिधि तथा काठमाडौं, ललितपुर, भक्तपुर र मध्यपुर ठिमी नगरपालिकाका प्रतिनिधिहरु थिए ।
शिक्षा मन्त्रालयले विद्यालय सन्चालनको नयाँ समय लागू गराउने विषयमा सरोकारवालासँग छलफल गर्दै आएको छ । यसमा आवश्यक सुझाव दिन शिक्षा शाखा प्रमुख कृष्णप्रसाद काप्रीको संयोजकत्वमा एक समितिसमेत गठन गरिएको छ ।
सम्बन्धित खबर
आज मगर एकता दिवसः नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा
आत्मिक जागरणले मानवलाई समृद्धितर्फ उन्मुख गराउँछः प्रदेश प्रमुख भट्ट
फेवाताल किनारमा भोलिदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’
नवग्रह मन्दिर अनुष्ठान तथा धार्मिक महोत्सव सम्पन्न
अर्जुनचौपारीमा नवग्रह भजनको भिडियो छायांकन गरियो
म्याग्दीमा भक्तजन सवार गाडी दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना गम्भीर
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु