तनहुँ । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको (कोभिड-१९)को रोकथामका र नियन्त्रणमा उच्च सतर्कताका लागि आँबुखैरेनी गाउँपालिकाले आइतबार स्वास्थ्य सहायता कक्ष स्थापना गरेको छ ।
गण्डकी प्रदेशको प्रवेशद्वार समेत रहेको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पुलजीपमा सहायता कक्षा निर्माण गरेको हो ।
सहायता कक्षामा २ जना स्वास्थ्यकर्मीहरु बसेर जनचेतनामुलक सन्देश प्रदान गर्ने र सावुनपानीले हात धुन सिकाउने कार्य गरेका छन् । सो कार्यक्रमको उद्घाटन आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले सावुनपानीले हात धोएर गरेका छन ।

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष थापाले कोरोनो भाईरस (कोभिड-१९) ले विश्वभर धैरे व्यक्तिहरुको ज्यान लिईसकेको हुँदा मृतकको आत्माको शान्तीको कामना गर्दै यस्ता रोग लाग्नबाट सजग रहनका लागि सम्पूर्णलाई अनुरोध गरेका थिए ।
उक्त कार्यक्रममा २ जना स्वास्थ्यसँग सम्बन्धीत कर्मचारीलाई सहायता केन्द्रमा १५ दिन राखिने गाउँपालिकाले जनाएको छ । उक्त कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, योजनाअधिकृत, स्वास्थ्य संयोजक, सूचना अधिकारी लगायतको उपस्थित रहेको थियो ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने