एसईई परीक्षा सर्न सक्ने स्वास्थ्यमन्त्रीको संकेत

एसईई परीक्षा सर्न सक्ने स्वास्थ्यमन्त्रीको संकेत

see slc 11 12 +2

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले चैत ६ गतेबाट सुरु हुने यस वर्षको एसईई परीक्षा सर्न सक्ने संकेत गरेका छन् । आइतबार राष्ट्रिय सभा बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले उक्त संकेत गरेका हुन् ।

‘एसईई परीक्षा चैत ५ गते पछाडि सञ्चालन हुँदैछ । चैत ४ गतेसम्मको अवस्था हेर्दाखेरि छिमेकी मित्र राष्ट्रहरुसँग आइपुगेको त्यो संक्रमण यहाँ भित्रियो भने त्यो जोखिमबाट जोगिनलाई परीक्षा स्थगन गर्नुपर्छ, त्यसमा कुनै दुविधा रहेन तर अलिकति समय लगाएर हेर्दै जाउँ भन्ने खालको कुरा छ’, मन्त्री ढकालको भनाइ छ । तर अहिलेकै अवस्था रहेमा परीक्षा स्थगित नहुने उनले स्पस्ट पारे ।

एसईई परीक्षा चैत ६ गतेबाट सञ्चालन गर्ने पूर्वनिर्धारित कार्यतालिका छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds