प्रचण्डलाई ७ वर्षअघि ‘थप्पड’ हान्ने पदम कुँवर फेरि पक्राउ

प्रचण्डलाई ७ वर्षअघि ‘थप्पड’ हान्ने पदम कुँवर फेरि पक्राउ

padam_kunwar

File Photo

काठमाडौँ । ७ वर्षअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि थप्पड प्रहार गर्ने पदम कुँवर पक्राउ परेका छन् । कुँवर संघीय संसद भवन भित्रबाट पक्राउ परेका हुन् ।

नयाँ बानेश्वरमा रहेको संसद भवनभित्र रहेको शौचालयमा अनुमतिबिना प्रवेश गरेको भन्दै कुँवरलाई सोधपुछको लागि पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त तीनकुनेका डीएसपी दुर्गाराज रेग्मीले पुष्टि गरे ।

डीएसपी रेग्मीका अनुसार संसद भवनको गेटभित्र रहेको शौचालय छिरेका कुँवरलाई शनिबार राति पक्राउ गरेर हिरासतमा राखिएको हो । ‘कसैलाई थाहै नदिई भित्र पसेछन् । त्यसपछि नियन्त्रणमा लिइएको हो । अहिले छाड्ने तयारी भइरहेको छ,’ डीएसपी रेग्मीले भने ।

नेताहरुले देश बिगारेको भन्दै शौचालय जाने बहानामा संसद भवन पसेको कुँवरले प्रहरी समक्ष बताएको स्रोतले जानकारी दियो । बाग्लुङका कुँवरले २०६९ मंसिरमा प्रचण्डलाई थप्पड हानेका थिए ।

तत्कालीन माओवादीले आयोजना गरेको चियापान कार्यक्रममा कुँवरले प्रचण्डलाई थप्पड हानेपछि उनलाई नियन्त्रणमा लिइएको थियो । त्यसपछि चर्चामा आएका कुँवर पछि धरौटीमा छुटेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds