काठमाडौँ — अभिनेत्री तथा पूर्वमिस नेपाल उषा खड्गीले आफ्नो सम्बन्ध विच्छेद हुन बाँकी रहेको बताएकी छन् । उनले शनिबार फेसबुकमा आफूले १७ वर्षसम्म मानसिक र शारीरिक दुर्व्यवहार सहेर बसेको तर, अब सहन नसक्ने बताउँदै स्टाटस लेखेकी थिइन्। आफूले घरेलु हिंसामा उजुरी दिएको पनि उनले बताइन्। सम्बन्ध विच्छेदको मुद्दा चलिरहेको तर कानुनी रुपमा टुंगो लाग्न बाँकी रहेको पनि उनले बताइन्।
‘मैले छुट्टिने निर्णय गरेकी हुँ । तर, प्रक्रिया पूरा भइसकेको छैन,’ उनले भनिन् । शनिबार राति स्टाटस लेख्दै उनले यसबारे एक टेलिभिजनलाई दिएको अन्तर्वार्ता पनि सेयर गरेकी छन्। फेसबुकमा सेयर टेलिभिजन अन्तर्वार्तामा उनले भनेकी छन्, ‘वैवाहिक जीवनको १७ वर्षपछि पनि यो सबै सहनुपर्छ भने केका लागि कुर्ने भन्ने कुरा भयो र यो निर्णय भएको हो।’
पूर्वमिस नेपाल खड्गीकाे १७ वर्षअघि जीपी तिमल्सेनासँग विवाह भएको थियो। उषाले विभिन्न म्युजिक भिडियोहरुमा अभिनय गरेकी छन्। सन् २००० को मिस नेपाल भएको केही समयमा नै उनले सञ्चारकर्मी तथा म्युजिक भिडियो निर्देशक जीपी तिमल्सिनासँग विवाह गरेकी थिइन्। जीपी तिमल्सेना र उषा खड्गीबीच १९ वर्षअघिको चिनजान हो। २ वर्ष सम्बन्धमा रहेपछि उनीहरूले बिहे गरेका थिए। उषा र जीपीका १ छोरा र २ छोरी छन्।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु