आर्दश तथा तारा स्मृति कपको उपाधि व्यास युवा क्लब दमौलीलाई

आर्दश तथा तारा स्मृति कपको उपाधि व्यास युवा क्लब दमौलीलाई

VYC

तनहुँ । आठौँ आदर्श तथा तेस्रो तारा स्मृती कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि व्यास युवा क्लब दमौलीले जितेको छ । तनहुँको म्याग्दे–४ मनहरी मैदानमा भएको फाइनल खेलमा आयोजक आर्दश नमुना क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै व्यास युवा क्लबले उपाधि जितेको हो ।

उपाधिसंगै बिजेताले एक लाख २३ हजार ४ सय ५६ रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको आयोजक आदर्श नमुनाले ६० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ ।

खेलमा व्यास युवा क्लबले पहिलो हाफमा गोल गर्दै अग्रता लिएको थियो भने दोस्रो हाफमा पनि उत्कृष्ट खेल पस्कदै व्यासले दुई गोल थपेको थियो । आदर्श नमुनाले पनि खेलमा गोल गर्ने केही अवसर पाएपनि गोलमा परिणत गर्न नसक्दा पराजित हुन पुग्योे ।

सेमिफाईनलमा व्यास युवा क्लबले जनहित युवा क्लबलाई २–० ले पराजित गर्दै फाईनल यात्रा तय गरेको थियो । आयोजक आदर्श नमुनाले दोभान युवा क्लबलाई १–० ले पराजित गर्दै व्याससंगको उपाधि भिडन्त पक्का गरेको थियो ।

विजेता टिमलाई म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी राना र उपाध्यक्ष बालकृष्ण घिमिरेले पुरस्कृत गरेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष रानाले स्थानीयस्तरमा हुने खेलकुद प्रतियोगिताले गाउँपालिको पहिचान बढाउनुका साथै युवाहरुलाई खेलप्रति आकर्षण गर्ने बताइन् ।

उनले अब खेल खेलेर मात्र नहुने भन्दै राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने उद्देश्य खेलाडी तथा आयोजकले लिनु पर्ने बताइन् । रानाले खेलकुदको विकासका लागि छिट्टै गाउँपालिकाले पनि अध्यक्ष कप संचालन गर्ने जानकारी दिदै युवाहरुलाई तयारी अवस्थामा रहन आग्रह गरिन् ।

‘युवाको कामना, सकारात्मक परिवर्तनमा आदर्श नमुना’ भन्ने नाराका साथ आयोजित प्रतियोगितामा २८ समुहले सहभागीता जनाएका थिए । फोटो: गोलनेपालडटकम

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ