पोखराको मैदानमा सर्वाधिक सफल टीम हुन् नेपाल पुलिस र मनाङ मस्र्याङ्दी क्लब । नेपाली फुटबलमा पुरानो र चिरपरिचित प्रतिद्वन्द्वी यी दुई टीम आहा रारा गोल्डकपमा पनि समान पाँच पटकको उपाधि विजेता टीम हुन् । फेरि फाईनलमा यी दुवै टोलीलाई पोखरेली दर्शकले शनिबार हेर्दैछन् ।
भर्खरै बुढासुब्बा गोल्डकपमा दुबले फाईनल खेलेर पोखरा आएका हुन् । तर, मनाङ मस्र्याङ्दीले उपाधि उचाल्यो । यही बदला लिने मौका मिलेको छ पुलिसलाई । सहाराले २०५९ सालदेखि आहाको संस्करण शुरु गर्यो । दशवर्ष आहाको संस्करण टुग्याएपछि आहा रारामा परिणत हुन पुग्यो । हिमश्री फुड्सले सहारा क्लबलाई बीस वर्षसम्मको लागि प्रायोजनको जिम्मा लिएको छ । अझै दुई सस्करण बाँकी छन् । आहा राराको संस्करणमा नेपाल पुलिस क्लब, मनाङ मस्र्याङ्दी क्लब र थ्रीस्टारले समान ५ पटक उपाधि जितेका छन् । अफ्रिकन युनाईटेड र आयोजक सहारा क्लबले पनि गोल्डकपको उपाधि एक–एक पटक जितेर इतिहास लेखाएका छन् ।
यी दुईको फाईनल भेट ठ्याक्कै १५ वर्षपछि हुँदैछ । दोस्रो र तेस्रो आहा गोल्डकपमा यी दुई बीच उपाधि प्रतिस्पर्धा भएको थियो । बाजी भने दुवैमा मनाङ मारेको थियो । पोखराको मैदानमा दुवैले आफुलाई भाग्यमानी ठान्छन् । घरेलु मैदानकै रुपमा उभ्याउँदै आएका छन् । घरेलु मैदानमा उपाधि उचाल्न दुवैले सहज मान्छन् ।
नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापा आफ्नो टोलीले यस पटक उपाधि उचाल्ने बताउँछन् । आफ्नो टोलीमा सबै खेलाडी चोटमुक्त रहेको र आफुहरुले मनाङलाई हराउन उचित योजना बनाइसकेको बताउँछन् । युवा खेलाडीले भरिएको र खेलाडीहरुमा टिम स्पिरिट बढी भएकाले पुलिसले यस पटक आहा राराको उपाधि जित्नेमा आफु विश्वस्त रहेको थापा बताउँछन् ।
उनले मनाङले अहिले डिफेन्समा ध्यान दिएर काउन्टर एट्याक खेल खेलिरहेकाले मनाङलाई हराउनका लागि धेरै ‘लुप होल’ खोज्ने बताएका छन् ।
यस्तै पुलिसका कप्तान भरत शाहले आफुहरुले अहिले राम्रो फुटबल खेलिरहेको र फाइनलमा समेत राम्रो फुटबल खेल्ने बताउँछन् । यस्तै शाहले मनाङलाई समर्थकको साथ रहेपनि पुलिसले समेत राम्रो फुटबल खेलेर समर्थकलाई आफ्नो पक्षमा ल्याउने आशा व्यक्त गरेका छन् ।
यता मनाङका प्रशिक्षक आयोडेजी फुजा तोपे भने पुलिससँगको फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताउँछन् । प्रशिक्षक तोपेले आफ्नो टोलीले अरु खेलझैँ पुलिससँग पनि ‘सिरिएसनेस’ मा खेल्ने बताए । उनले एटाकिङ फुटबल खेल्दै जितका लागि मैदान उत्रने समेत सुनाए ।
फरक प्रसङ्गमा बोल्दै उनले नेपाली फुटबलमा प्रोफेसनालिजमको कमी रहेको बताए । उनले सम्बन्धित निकायको सहकार्यले यस समस्या पनि घट्दै जाने आशा जनाए ।
यस्तै मनाङका कप्तान कमल श्रेष्ठले मनाङका समर्थकलाई प्रतियोगिता जितेर खुशी पार्ने बताए । उनले प्रतियोगितामा मनाङलाई समर्थन गर्न समर्थकहरु धेरै टाढाबाट आउने भएकाले प्रतियोगिता जितेर आफ्ना समर्थकलाई खुशी पार्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले यस प्रतियोगितामा झापा र आर्मीलाई निकै राम्रो फुटबल खेलेर पराजित गरेकाले खेलाडीहरुमा मनोबल बढी रहेको समेत बताए । यस्तै यसअघिका भेटमा पुलिसलाई पराजित गर्न सकेकोले यस पटक पनि सहज जित हात पार्ने जनाएका छन् ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने