तनहुँ । नेपालको अस्पताललाई विश्वास गरेर, नेपालका स्वास्थ्यकर्मी र प्रविधिमाथि विश्वास गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै मृगौला प्रत्यरोपण गरेर सकारात्मक सन्देश प्रवाह भएको राष्ट्रिय सभाकी सदस्य भगवती न्यौपानले सो कुरा बताएकी हुन । सो कुरा सदस्य न्यौपानेले राष्ट्रिय सभाको बैठकमा बताएकी हुन ।
साथै उनले स्वदेशमै उपचार गराएका प्रधानमन्त्रीलाई पनि धन्यवाद पनि दिईन । बैठकमा बोल्दै उनले भनिन ‘नेपालमा अहिले निरासा फैलाउने र आशा जगाउनेहरु बीच द्धन्द छ । विकास र समृद्धि चाहनेहरु र नचाहनेहरु बीच द्धन्द छ ।’
‘अहिले देशमा निरासा फैलाउने र उत्साह जगाउने बीचमा अन्तरविरोध छ’– उनले भनिन्– ‘अहिले विकास चाहने र नचाहनेबीच द्धन्द छ । समृद्धि चाहने र नचाहनेहरुको बीचमा द्धन्द छ । अहिले देशमा भ्रम सिर्जना गर्न चाहनेहरु र सत्य बोल्नेहरु बीच द्धन्द चलिरहेको छ । राष्ट्रिय सभाले निरासा विरुद्ध आशा जगाउने काममा नेतृत्वदायी भूमिका निर्वाह गर्न आवश्यक छ ।’
उनले नेपाली मिडियाले पनि बहसलाई विवाद र आलोचनालाई विरोध भनेर गल्ती गरिरहेको बताइन् ।
राष्ट्रिय सभालाई आफूले गत दुई वर्षको अवधीमा नियालेर हेरेको उनले बताइन्– ‘मैले राष्ट्रिय सभाको बैठक लाइभमा पनि हेर्ने गरेको थिएँ । राष्ट्रिय सभालाई उच्च गर्वयुक्त बनाउन यसका सदस्यहरुले यो दुई वर्षमा खेलेको भूमिकाको प्रशंसा गर्दछु ।’
‘हामी बहस गर्छाैं तर विवाद भयो भनेर प्रचार गरिन्छ’– उनले भनिन्– ‘विचारमा असहमति राखिन्छ तर त्यसलाई विरोध ठानिन्छ । राष्ट्रिय सभामा बहस भएको देख्छु, विवाद भएको देख्दिन ।’
पूरा भिडियो :
https://youtu.be/Kn1QK3Rt3kw
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने