पोखरा । पाँच पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै मनाङले पुलिससँग उपाधि भिडन्त पक्का गरेको हो । मनाङको जितमा फ्लोरेन्ट, विमल राना र अन्जन बिष्टले एक-एक गोल गरे । आर्मीका भरत खवास र दिप कुमार लामाले एक एक गोल फर्काए ।
अब मनाङले फाइनलमा नेपाल पुलिस क्लबसँग खेल्ने छ । फाइनल खेल शनिबार हुनेछ । पहिलो सेमिफाइनलमा साविक विजेता थ्री स्टार क्लबलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगिसकेको छ ।
सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते