काँग्रेसको अवरोधपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित

काँग्रेसको अवरोधपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित

gandaki-pradesh-sava-f

पोखरा । गण्डकी प्रदेशसभाको बिहिबारको बैठक स्थगन भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि बैठक स्थगन भएको हो ।

प्रदेश सभामुख नेत्रनाथ अधिकारीले बैठक शुरु गर्नासाथ काँग्रेसका प्रदेशसभा सदस्य आ-आफ्नो स्थानबाट उठेका थिए ।

सभामुखले बस्न पटकपटक आग्रह गर्दा पनि नबसेपछि प्रमुख प्रतिपक्ष दलका नेतालाई आफ्नो भनाइ राख्न समय दिएका थिए ।

प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले सभामा सरकारले विगतमा गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने बताए । अर्को बैठक यही फागुन ३० गते बिहान ११ बजे बस्ने छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds