गण्डकी प्रदेशलाई क्षयरोग मुक्त बनाउने अभियान टिबि फ्रि वर्ल्ड

गण्डकी प्रदेशलाई क्षयरोग मुक्त बनाउने अभियान टिबि फ्रि वर्ल्ड

WHO

पोखरा । टिबि फ्रि वर्ल्डको आयोजनामा डब्लुएचओ वान प्लस वान युथ इनिसिएटीभ विषयक एक दिने कार्यशाला सम्पन्न भएको छ । गण्डकी प्रदेशलाई क्षयरोग मुक्त बनाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

गण्डकी प्रदेशमा रहेका युवाहरुको क्षमता अभिवृद्धि गर्ने उद्धेश्य समेत उक्त कार्यक्रमको रहेको थियो ।

कार्यक्रममा ला ग्राण्डी इन्टरनेसनल कलेज, मणिपाल कलेज अफ मेडिकल साइन्सेज र पोखरा विश्वविद्यालय केन्द्रिय क्याम्पसका विभिन्न संकायमा अध्ययनरत गण्डकी प्रदेश लगायत अन्य प्रदेशका विभिन्न जिल्लाका
२९ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

विश्वभरमा ७औं प्रमुख मृत्युको कारणको रुपमा रहेको क्षयरोगले उत्पादनशिल युवालाई संक्रमित गरिरहेको अवस्थामा क्षयरोग नियन्त्रणमा युवाको महत्वपुर्ण भूमिका रहने तथ्यलाई मध्यनजर गर्दै संस्थाले युवालाई क्षयरोग नियन्त्रणका लागी परिचालन गर्दै आइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds