तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध कारोबारीलाई मंगलबार दमौलीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका वडा नं. ४ दमौली बस्ने २६ वर्षीय सन्तोष गुरुङ रहेको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो व्यास नगरपालिका वडा नं. २ अमरापुरी स्थितमा सवारी साधन चेकजाँच गर्ने क्रममा गुरुङलाई लागुऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
व्यास-१ भादगाउँबाट दमौली बजार तर्फ आउदै गरेको ग १५ प २७७७ नं. को पल्सर मोटरसाइकललाई रोकी चेकजाँच गर्दा मोटरसाइकल चालक गुरुङ लागुऔषध सहित पक्राउ परेका हुन ।
‘संकास्पद हरकद देखाएकोले गुरुङको शरिर खानतलासी गरेका थियौ । डिएसपी लिलाराज लामिछानेले भने ‘ उनले बोकेको झोलाभित्र कालो टेपले बेरी प्याकिङ गरी लुकाई छिपाई राखी सवारी साधनको प्रयोग गरी बिक्री बितरणको लागी हिडेको अवस्थामा रहेको लागुऔषध भेट्यौं ।’
गुरुङको साथबाट अवैध लागुऔषध डाईजेपामको शिशी थान ४३, फेनरागनको शिशी थान ४२, नुफिनको शिशी थान ४२ फेला परेको प्रहरीले जनाएको छ ।
गुरुङलाई पक्राउ गरी लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सवारी साधनहरु चेकजाँच गरी दुर्घटना लगाएतका अन्य अपराधिक गतिविधी न्युनिकरण गर्नको लागी ट्राफिक प्रहरी तनहुँले विभिन्न समयमा छड्के चेकजाँच गर्दै आईरहेको छ ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते