फागू पूर्णिमाको दिन फेवातालमा खस्यो कार

फागू पूर्णिमाको दिन फेवातालमा खस्यो कार

car

कोरोना भाइरसको कारण फागूपूर्णिमाको रौनक यस वर्ष ह्वात्तै घट्यो । यस दिन भीड नियन्त्रण र अवाञ्छित गतिविधि हुन नदिन प्रहरीलाई सकस हुन्थ्यो । यस वर्ष भने हाइसञ्चो बन्यो । होलीका दिन हुने दुर्घटना पनि प्रहरीलाई टाउको दुखाई बन्छ ।

यस वर्ष पनि दिउँसै कार दुर्घटना हुन पुगेको छ । पोखराको फेवातालमा सोमबार कार खस्दा कारमा सवार ४ जना घाइते भए ।

खपौदीबाट लेकसाइडतर्फ आउँदै गरेको ग २ च ६९१२ नम्बरको कार सोमबार मध्यान्ह पौने १२ तिर रातोमाटो डाँडा नजिकैबाट तालमा खस्दा चालक सहित ४ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा लेकसाइड बस्ने करीब ३२ बर्षीय चीरण बस्नेत, ३१ बर्षका संजय यादव, चालक ३७ बर्षीय राजु पहारी र उनकी २ बर्षीया छोरी राविया पहारी रहेको प्रहरीले जनाएको छ । होली मनाएर फर्कने क्रममा कार दुर्घटनामा परेको कास्की ट्राफिक प्रहरीले बताएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds