गोरखा । गोरखामा जीप दुर्घटना हुँदा एकै गाउँका ११ जना घाइते भएका छन् । गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर बोलाइएको छ ।
बारपाक सोलिकोट गाउँपलिका–४, सौरपानीबाट गोरखाबजारतर्फ आइरहेको बा १५ च १०१६ नम्बरको जिप मंगलबार बिहान ७ बजे केउरामा दुर्घटना भएको हो ।
ट्राफिक प्रहरी कार्यालय गोरखाका इञ्चार्ज सुकबहादुर बिकले दुर्घटनाको पुष्टि गर्दै ११ जना घाइते भएको जानकारी दिए । बिकका अनुसार, दुर्घटनामा परी विमला गुरुङ, रमा गुरुङ, बुद्धबहादुर गुरुङ, श्रीमान् गुरुड, क्षेत्रकुमारी गुरुङ, टेकमाया गुरुङ र उनकी ६ वर्षीया छोरी सुनीता घाइते भएका छन् । सोही दुर्घटनामा परी सुकमाया गुरुङ, विनोद गुरुङ, राजकुमारी गुरुङ र चालक आनन्दकुमार गुरुङ पनि घाइते भएका छन् । घाइते सबै रञ्चोकका हुन् ।
यीमध्ये विमला, रमा, क्षेत्रकुमारी र सुकमायाको अवस्था गम्भीर रहेको छ । गोरखाका ट्राफिक प्रहरी इञ्चार्ज विकका अनुसार, थप उपचारका लागि काठमाडौं लैजानु पर्ने भएपछि माउन्टेन एयरको हेलिकोप्टर बोलाइएको छ ।
ब्रेक फेल हुँदा जिप दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिप सडकबाट करिब १ सय मिटर तल खसेको छ ।
गोरखामा पछिल्लो एक साताको बीचमा भएको यो दोस्रो जिप दुर्घटना हो । यसअघि जनप्रतिनिधि र कर्मचारी सवार जिप दुर्घटना हुँदा एक वडा सचिवको मृत्यु भएको थियो । गाउँपालिकाकी उपाध्यक्षसहित ७ घाइते भएका थिए ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने