काठमाण्डाै – विश्वभरि फैलिरहेकाे काेभिड–१९ (कोरोना भाइरस) का कारण नेपालमा नाकाबन्दी हुने आशङ्का व्यक्त गर्न थालिएको छ । चीनको वुहानबाट देखिएको भाइरसले विश्वव्यापी अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने विश्लेषण भइरहेका बेला नेपालमा कोरोनाको कारण नाकाबन्दी हुने आशङ्का गर्न थालिएको हो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले ३०/४० जना व्यक्तिमा मात्रै कोरोनाको सङ्क्रमण देखिए नेपालमा नाकाबन्दी हुन सक्ने चिन्ता व्यक्त गरे । ‘भूकम्पपछि नेपालले व्यहोरेको नाकाबन्दी पीडादायी छ । ३०/४० जनामा मात्रै कोरोना भाइरसको सङ्क्रमण देखिएमा त्यो भन्दा ठूलो पीडा हुन सक्छ’, उनले भने ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. राजेशकुमार शाहले कोरोना भाइरसबाट बच्न सावधानी अपनाउनु पर्ने बताए । उनले जथाभाबी भिडभाडमा नजान र जानै परे मास्क लगाएर जान आग्रह गरे । । ६० वर्षभन्दा माथिका नागरिक, डाइबिटीज, मुटुसम्बन्धी समस्या र दमका रोगीहरुलाई सङ्क्रमणको दर बढी देखिएको उल्लेख गर्दै उनले समयसमयमा साबुनपानीले हात धुन आग्रह गरे ।
पहिलो पटक कोरोनाको आशङ्कामा ट्रपिकल सेन्टरमा भर्ना भएका एक जनामा बाहेक यसको सङ्क्रमण देखिएको छैन । सङ्क्रमण देखिएका व्यक्ति पनि उपचारपछि घर फर्किसकेका छन् । यद्यपि, कोरोनाको आशङ्कामा परीक्षणका लागि अस्पताल पुग्नेहरुको सङ्ख्या भने बढिरहेको छ ।
सम्बन्धित खबर
बदली, वर्षा र हिमपातको सम्भावना
आज नेपाली सेनाको दुई सय ६२ औँ स्थापना दिवस, सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह
आज महाशिवरात्रिः भगवान् शिवको पूजा–आराधना गरी मनाइँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
अडियो काण्ड बाहिरिएपछि विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु
नवलपरासीमा प्रेम विवाहको विषयमा दुई पक्षबीच झडप, १९ जना घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु