तनहुँ । मनहरीमा आठौँ आदर्श तथा तेस्रो तारा स्मृती कप फुटबल प्रतियोगिता हुने भएको छ । आदर्श नुमना युवा क्लब म्याग्दे–४ मनहरीको अयोजनामा फागुन २६ गतेदेखी प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताको तयारीलाई तिब्र पारिएको क्लबका अध्यक्ष गौरवराज रानाले जानकारी दिए । रानाका अनुसार प्रतियोगिताको विजेताले नगद एक लाख २३ हजार ४ सय ५६ रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ ।
उपविजेतलाई नगद ६० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ । उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता, उत्कृष्ट गोल रक्षक तथा उत्कृष्ट डिफेन्डरलाई पनि पुरस्कृत गर्ने उनको भनाई छ ।
‘युवाको कामना, सकारात्मक परिवर्तनमा आदर्श नमुना’ नाराका साथ आयोजित प्रतियोगिताको फाईनल खेल चैत १ गते हुने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते