गोरखा । गोरखाको अजिरकोट गाउँपालिका–२ खरिबोटको प्रभा माध्यमिक विद्यालयका ४० भन्दा बढी विद्यार्थीमा भाइरल ज्वरोको संक्रमण देखिएको छ ।
उनीहरुमा रुघा लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने जस्ता समस्या देखिएको विद्यालयका सहायक प्रधानाध्यापक सुरेन्द्र राज धितालले बताए ।
प्रधानाध्यापक धितालका अनुसार कक्षा ६-८ का विद्यार्थीमा यस्तो समस्या बढी देखिएको छ । ‘करिब १०/१२ दिन भयो समस्या देखिएको,’ उनले भने, ‘तर गत सोमबारबाट भने अलि बढीनै रुपमा फैलियो ।’
सूचना पाएसँगै स्कुलमै पुगेर विद्यार्थीहरुको उपचार गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले बताए । ‘हामीले मंगलबार मात्रै जानकारी पायौं, थाहा पाएलगत्तै विद्यालयमै पुगेर उपचार समेत गर्यौ,’ उनले भने ।
दवाडीका अनुसार विद्यार्थीमा ज्वरो आउने, रुघाँखोकी लाग्ने तथा घाँटी र छात्ती दुख्ने समस्या देखिएको हो ।
‘भाइरल ज्वरोको लक्षण हो यो, त्यसैले आत्तिन पर्ने केही छैन, सरसफाइ र खानपानमा ध्यान दिए पुग्छ,’ उनले भने ।
सरुवा रोग भएकाले पनि धेरैमा यो समस्या देखिएको दवाडीले बताए । साविकको खरिबोट गाविसको खिम्पु, ओलाङ र अपुनका बालबालिकामा यो समस्या बढी देखिएको उनको भनाइ छ ।
झोलिलो खानेकुरा खान र सरसफाइमा ध्यान दिन उनले सुझाव दिएका छन् ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने