प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, प्रत्यारोपित मिर्गौलाले काम गर्न थाल्यो

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, प्रत्यारोपित मिर्गौलाले काम गर्न थाल्यो

KP Oli PM Nepal

काठमाडौं । बुधबार मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको र प्रत्यारोपित मिर्गौलाले काम गर्न थालेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

बिहीबार अस्पतालमा कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको भाइटल तथा ल्याब सूचक पनि राम्रो रहेको जानकारी दिए । ‘उहाँलाई आजदेखि तरल तथा नरम आहार दिन सुरु गरिएको छ’ अस्पतालको विज्ञप्तिमा भनिएको छ ।

अस्पतालका अनुसार प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्य स्थिति स्थिर रहेको र उनलाई पनि तरल र नरम खानेकुरा दिन थालिएको छ ।

प्रधानमन्त्रीलाई स्वास्थ्य लाभको शुभकामना प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री इमरान खान, भुटानका प्रधानमन्त्री, जापानका प्रधानमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

चीन, जापान र पाकिस्तानका नेपालस्थित राजदूतले पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् । ‘देशभरी प्रधाननमन्त्रीको सफल प्रत्यारोपणका कारण खुशी उत्साह र उमंग छाएको छ’ उनले भने ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ