एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो पटक होली कार्यक्रममा सहभागी नहुने निर्णय गरेका छन् । भारत कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि प्रधानमन्त्री मोदी यो साल हुने कुनै पनि होली कार्यक्रममा सहभागी नहुने भएका हुन् ।
प्रधानमन्त्री मोदीलाई चिकित्सकहरुको एक टोलीले कोरोना भाइरसबाट बच्न सल्लाह दिएसँगै उनले यो निर्णय लिएका हुन् । भारतमा बुधबारसम्म कोरोना संक्रमितको संख्या २८ पुगेको छ भने संक्रमण भएको आशंका ७० जनालाई निगरानीमा राखिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
भारतीय सञ्चारमाध्यामहरुका अनुसार बुधबार मात्र भारतका आगरामा ६ जना, तेलंगाना र दिल्लीमा १–१ जना जयपुरमा इटलीका २ नागरिकमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
सम्भावित खतरालाई मध्यनजर गर्दैै दिल्ली सरकारले ३.५ लाख एन–९५ मास्कको व्यवस्था गरेको छ । भारतमा सबैभन्दा पहिले केरलामा ३ जनामा संक्रमित देखिएको थियो । यी तिनै जना अहिले उपचारपछि घर फर्किएका छन् ।
त्यसपछि आगरामा ६ जनामा संक्रमित भएको पाइएपछि उनीहरुलाई दिल्लीस्थित सफरदंग अस्पतालमा भर्ना गरिएको छ ।
यी सबै व्यक्तिको सम्पर्कमा आएकाहरुको अहिले व्यापक खोजी भैरहेको जनाइएको छ । त्यस्तै जयपुरमा इटलीका ६९ वर्षीया नागरिक एन्ड्री कार्लीलाई संक्रमित भएको पाइएको थियो ।
उनलाई ४ दिनपछि अस्पताल भर्ना गरिएको थियो । उनी लगायत २३ इटालियनलाई पनि दूतावासले निगरानीमा राखिएको जनाइएको छ ।
सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने