काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डा.युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका छन् । मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा जानुअघि प्रधानमन्त्री ओलीले खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका हुन् ।
खतिवडालाई अर्थमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीलाई भेट्न मुख्य सचिव लोकदर्शन रेग्मी अस्पतालमै पुगेका थिए । त्यहीँबाट खतिवडाको नियुक्तिको सिफारिस बनेको हो ।
खतिवडाले आजै अपराह्न ४ बजे राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको सपथग्रहण लिनेछन् ।
राष्ट्रियसभा सदस्यको दुईवर्षे कार्यकाल सकिएकै दिन मंगलवार खतिवडाले मन्त्रीबाट राजीनामा दिएका थिए ।
नेकपा सचिवालयले खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभाको मनोनित कोटामा उपाध्यक्ष वामदेव गौतमलाई पठाउन सिफारिस गरेको छ । तर प्रधानमन्त्रीले सो सिफारिस मानेका छैनन् । खतिवडालाई अर्थमन्त्रीबाट रोक्नका लागि मात्र वामेदवलाई व्यापारिक घरानाको स्वार्थमा खडा गरिएको बुझाइ प्रधानमन्त्रीको छ ।
संविधान अनुसार, खतिवडा अब ६ महिनासम्म अर्थमन्त्री रहन सक्छन् । त्यसबीचमा उनी संघीय संसदको सदस्य नबनेमा स्वतः उनी मन्त्रीबाट हट्नेछन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु