मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा सोमबार भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका दुई भातृ संगठनले मानवीय संवेदनाको पनि ख्याल नगरी नाराबाजी गरेका छन्।
ओलीको मिर्गौला प्रत्यारोपणको सफलताको कामना भइरहेका बेला मकवानपुरको हेटौंडामा नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले असभ्य शैलीमा नाराबाजी गरेकाे प्रत्यक्षदर्शीहरुले बताएका छन्। पेट्रोलियम पदार्थमा बढाइएको विकास करविरुद्ध भन्दै मंगलबार साँझ निकालिएको राँके जुलुसमा न्यूनतम् मानवीय संवेदनाको पनि ख्याल नगरी …ले के भन्छ, केपी ओली ले भन्छ’, सहितका अमर्यादित नारासहित बजार परिक्रमा गरेका थिए। प्रधानमन्त्री ओली जीवन-मरण संघर्षमा रहेका बेला नेविसंघ र तरुण दलका कार्यकर्ताले सामाजिक मर्यादाको पनि ख्याल नगरेको भन्दै स्थानीयले पनि आक्रोश पोखेका थिए।
https://www.facebook.com/gandaknews/videos/508371126529996/
प्रधानमन्त्रीको स्वास्थ्य राम्रो होस भन्ने बेलामा अप्रिय घटनाको कामनासहित हेटौँडा २ संगमचोकमा गरिएको नाराबाजी सुनेर स्थानीयबासीले पनि अफठ्यारो मानेका थिए। पेट्रोलियम पदार्थमा करवृद्धिको विरोधमा निकालिएको जुलुशका सहभागीले अधिकांश समय प्रधानमन्त्री ओलीलाईनै निशाना बनाउँदै गाली गरेका थिए। उनीहरूले ….के भन्छ, केपी ओली ले भन्छ’, जस्तो अमर्यादित नारा मानवीय संवेदना बिर्सिएर पटक पटक लगाएका थिए।
(थाहाखबर
सम्बन्धित खबर
कोइला बोकेको ट्रक त्रिशूलीमा खस्योः चालकको मृत्यु, सहचालक घाइते
धादिङको आदर्श बहुमुखी क्याम्पसमा क्रान्तिकारीले आफै स्ववियु गठन गरेर चकित पार्यो
धादिङमा होली खेल्न भनी गएका २ किशोरी बेपत्ता
चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
धादिङमा मन्दिरमा पानी लिएर गएको ट्याङ्कर दुर्घटना, २ जनाको मृत्यु
बाघलाई खुवाइएको मासुको पैसा तिर्न निकुञ्जसँग बजेट अभाव
यो पनि पढौँ
ज्ञानेन्द्र र परिवारका सुरक्षाकर्मीहरू व्यापक कटौती, १५५ जनामा अब १५ मात्रै
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरामा स्कुटर चोरीमा संलग्न पक्राउ परेका ८ मध्ये ७ जना बालक
प्रतिभा माविका १२ कक्षाका विद्यार्थीलाई बिदाई